×

NMB BANK
NIC ASIA

डोजरे विकासविरुद्ध उम्मेदवारी

बैशाख २७, २०७९

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

स्थानीय तहमा विकासका नाउँमा विनाश निम्तिने प्रवृत्ति बढिरहेका बेला स्थानीय तहका उम्मेदवारले वन, वन्यजन्तुु संरक्षणका एजन्डालाई अघि सारेका छन् । 

Muktinath Bank

वातावरणीय अध्ययनबिना जथाभावी रूपमा डोजर सञ्चालनले जताततै बाढी, पहिरो जाँदा बस्ती विस्थापित हुने, खेतीयोग्य जमिन बगरमा परिणत हुने, खानेपानीका मूल सुक्ने, पुल पुलेसा, खानेपानी आयोजना प्रभावित हुनेलगायतका समस्या देखा परेको भन्दै यस पटकको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले वातावरणमैत्री विकासको एजन्डा अघि सारेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जलवायु परिवर्तनले मुलुकलाई पछिल्लो समयमा नराम्ररी प्रभावित पारिरहेका बेला तराई, पहाड, हिमालका सबै स्थानीय तहमा दिगो विकासको अवधारणाअनुरूप काम गर्ने एजेण्डाले प्रमुखता पाएको छ । नेपाली काँग्रेसबाट मुस्ताङको घरापजोङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी बनेकी जमुना थकालीले भनिन्, “हामीलाई विकास त चाहिएको छ तर विनाश गरेर बनाएको विकास होइन । वातावरणलाई बचाउँदै विकास गर्छु भन्ने मेरो प्रमुख एजेण्डा छ । जलवायु परिवर्तनले हामीलाई निकै बढी प्रभावित पारिरहेका बेला दिगो विकासको विषयलाई मैले चुनावी मुद्दा मतदाताका सामु लिएर गएकी छु ।” 


Advertisment
Nabil box
Kumari

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट नवलपुरको गैँडाकोट नगरपालिका प्रमुखमा उम्मेदवार बनेका छत्रराज पौडेलले वातावरण प्रभाव मूल्याङ्कनबिना गरिएको विकासले खास प्रतिफल दिन नसकेको बताउँदै वातावरण प्रभाव मूल्याङ्कनको अध्ययनबिना विकासका काम नगर्ने र दिगो विकासका लागि वातावरण पक्षलाई ध्यान दिएर विकास गर्ने एजन्डालाई अघि सारेको बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, “नगरपालिकाभित्रका सबै सिमसार क्षेत्रको संरक्षण मेरो पहिलो एजेण्डा बनेको छ । डोजरे विकासले विकासभन्दा विनाश बढी भएको हामीले देखिरहेका छौँ । मैले यस्तो डोजरे विकासलाई प्राथमिकतामा राखेको छैन ।” गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x