×

NMB BANK
NIC ASIA

मोदीको ‘धार्मिक कूटनीति’

बैशाख २८, २०७९

NTC
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् ।

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका छन् । हिन्दू ‘सेन्टिमेन्ट’पछि मोदीले बौद्ध धर्मालम्बीमार्फत धार्मिक कूटनीति बढाउन खोजेका हुन् । मोदीको नेपाल पाँचौं भ्रमण हो । नेपाल सरकारले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीले लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा केन्द्रित हुनेछन् । बिहारको राजधानी पटनाबाट भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आउन लागेका मोदीले मायादेवी मन्दिरमा १ घण्टा बिताउनेछन् । साथै अशोक स्तम्भमा दीप प्रज्वलन र पुष्करणी पोखरीको दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच लुम्बिनीमै औपचारिक वार्ता हुनेछ । देउवाको पछिल्लो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्धबारे छलफल केन्द्रित हुनेछ । मोदीको यो भ्रमणलाई पारस्परिक (रेसिप्रोसिटी) भ्रमण ठानिएको छ । दोस्रोपटक प्रधानमन्त्री बनेयता मोदीको यसपटकको आगमन द्विपक्षीय समझदारी– सम्झौताभन्दा मनोमालिन्य हटाउने हिसाबले महत्वपूर्ण हुने आँकलन छ ।

Vianet communication

यसअघि मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरको रामजनकी मन्दिरको दर्शन गरेका थिए । नेपाल र भारतको धार्मिक आस्था र वा सांस्कृतिक सम्बन्ध पनि जोडिएको हुँदा मोदीले पछिल्लो समय नेपालसँग बिग्रिएको सम्बन्ध सुधारका लागि धार्मिक कूटनीति प्रयोग गर्न खोजेका हुन् ।

बौद्ध धर्मसँग जोडिएको धार्मिक र सांस्कृतिक सम्बन्ध जापान, दक्षिण कोरिया, दक्षिण एसियाली मुलुक र छिमेकी चीनसँग छ । भारतसँग परापूर्वकालदेखि नै धार्मिक र सांस्कृति सम्बन्ध छ । उनी २०७१ मा पहिलोपटक प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए ।

यसबीचमा उनी चारपटक नेपाल आइसकेका छन् । दुईवटा भ्रमण धार्मिक तीर्थाटनसँग जोडिएको छ । मोदीले पहिलोपटक ३ र ४ साउन २०७१ मा नेपालको राजकीय भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए । त्यस्तै, मोदी दोस्रोपटक १० र ११ मंसिर २०७१ मा काठमाडौंमा भएको १८औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा भाग लिन आएका थिए ।

त्यसबेला मोदीले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग हात मिलाउँदा चर्चा चलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी २०७५ वैशाख २८ मा दुईदिने औपचारिक भ्रमणमा आएका थिए । जतिबेला उनको पहिलो तीर्थाटन पशुपतिनाथ मन्दिर बनेको थियो । सोही समयमा उनले जनकपुरमा रहेको जानकी मन्दिरको पनि दर्शन गरे ।

मोदीले त्यतिबेला दुई देशबीचको धार्मिक र सांस्कृतिक सद्भावले भातृत्वको भावना युगौँसम्म जागृत हुने बताएका थिए । मोदी १४ र १५ भदौ २०७५ मा भएको चौथो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आएका थिए । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x