२८ जेठ २०८३, बिहीबार

हावाहुरीले गर्दा दाङको एक मतदान स्थलमा क्षति

बैशाख ३०, २०७९
हावाहुरीले गर्दा दाङको एक मतदान स्थलमा क्षति

हावाहुरीले गर्दा दाङमा एउटा मतदान स्थलमा क्षति पुगेको छ । 

गढवा गाउँपालिका-६  स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरी सहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ ।

विद्यालय भवनको टिनको छानो उडाउनुका साथ  टेन्ट  भत्किएको छ । तर, मतपत्र र मतपेटिकामा असर नपरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसीले बताइन् ।

`विद्यालयमा क्षति पुगेको छ । तर, मतपेटिका र मत पत्र सुरक्षित छ,' उनले भनिन्,`हावापानीले केही समस्या थप्यो ।´ 

हावाहुरीले उडाएको टिनले चोट लाग्दा दुई जना मतदातालाई चोट लागेको स्थानीय मोहन पाण्डेले जानकारी दिए । मतदानको समय ४५ मिनेट थपिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्