
श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा बिहीबार पनि विरोध जनाएको छ ।
सभामुखले बैठक शुरू भएको घोषणा गरेलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्लेकार्ड बोकेर उठेका थिए ।
त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिएका थिए ।
उनले नेपालले भारतको सीमा मिचेको भनेर प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरे ।
'हाम्रो माग एउटै छ, प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्छ,' उनले भने ।
यसअघि बुधबार पनि बैठकमा बोल्न नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले चर्को विरोध गरेका थिए ।
उनीहरूले वेल घेरेर लामो समय नाराबाजी गरेपछि सभामुखले बोल्नका लागि समय दिएका थिए ।