धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हंसपुर नगरपालिका-१ ननुपट्टी बस्ने ६५ वर्षीय रामभगत साहको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।
औरही गाउँपालिका-१ पौडेश्वरस्थित हनुमान मन्दिरमा रंग लगाउने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै कीर्तिपुर बर्न अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।