१६ असार २०८३, मंगलबार

रास्वपाको बागमती प्रदेश अधिवेशनको निर्वाचन जेठ ३० मा हुने

जेठ २८, २०८३
काठमाडौं
रास्वपाको बागमती प्रदेश अधिवेशनको निर्वाचन जेठ ३० मा हुने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत स्थगित निर्वाचन प्रक्रिया पुनः सुचारु हुने भएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले अस्थायी रूपमा स्थगित गरिएको निर्वाचन प्रक्रियासम्बन्धी सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेको जनाएको छ।

आयोगका अनुसार बाँकी रहेको निर्वाचन तथा मतदान प्रक्रिया जेठ ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबारमा सञ्चालन हुनेछ। मतदान पूर्ण रूपमा विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत गराइने जनाइएको छ।

मतदानका लागि प्रतिनिधिहरूले पार्टीले उपलब्ध गराएको फोटोसहितको आधिकारिक परिचयपत्र र लेभी बुझाएको प्रमाण अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने आयोगले जनाएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले उम्मेदवार तथा प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्