१२ असार २०८३, शुक्रबार

भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित

जेठ २८, २०८३
काठमाडौं
भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित

भियतनाममा यो वर्षको पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गु ज्वरोका बिरामी फेला परेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो २.५ गुणा बढी हो ।

विज्ञहरूका अनुसार मौसमको असामान्य ढाँचा, वर्षको सुरुदेखि नै तापक्रममा पटक पटक वृद्धि हुनु र वर्षाले एडिस लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण सिर्जना गरेपछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमणमा अत्यधिक वृद्धि भएको हो ।

भियतनाम बालचिकित्सा सङ्गठन उपाध्यक्ष तथा बाल अस्पतालका पूर्व निर्देशक समेत रहेका एसोसिएट प्रोफेसर डा. गुयेन थान हुङका अनुसार अब सबै उमेरका मानिसमा डेङ्गु ज्वरो फैलिन सक्ने देखिएको छ ।

“एक दशकअघि दक्षिणी भियतनाममा ६० देखि ७० प्रतिशत सङ्क्रमण १५ वर्षमुनिका बालबालिकामा हुने गथ्र्यो तर अहिले यो दर बालबालिका र १५ वर्षभन्दा माथिको उमेर समूहमा लगभग बराबर छ,” उनले भने । 

कमेन्ट गर्नुहोस्