![८ विश्वविद्यालयमा उपकुलपतिका लागि ‘सर्ट लिस्ट’ सार्वजनिक [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Education_Ministry_1_SzD0sijpOk.jpg)
शिक्षा मन्त्रालयले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ (अल्पसूची) सार्वजनिक गरेको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिको शुक्रबारको निर्णयानुसार कार्यविधिबमोजिम दरखास्त स्वीकृत भएकामध्येबाट सर्ट लिस्ट तयार पारिएको हो।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम, पूर्वाञ्चल, मध्यपश्चिम, पोखरा, कृषि तथा वन विज्ञान, राजर्षि जनक र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार प्रकाशन गरेको छ।
सार्वजनिक सूचीमा त्रिभुवन विश्वविद्यालयका लागि १० जनाको नाम समावेश छ। त्यस्तै अन्य विश्वविद्यालयहरूका लागि पनि १०–१० जना र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७ जना उम्मेदवारहरू छनोटमा परेका छन्।
सिफारिस समितिले सार्वजनिक गरिएको नामावलीका सम्बन्धमा कुनै राय, सुझाव वा प्रतिक्रिया भए आगामी जेठ २५ गतेभित्र मन्त्रालयले उपलब्ध गराएको गुगल लिंकमार्फत पठाउन सबैमा अनुरोध गरेको छ।