
चितवनको भरतपुर–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रकसँग ठोक्किएर स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ।
गएराति भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको स्कुटर अगाडि गुडिरहेको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो।
दुर्घटनामा दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र भरतपुर–२० मा बस्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दुवैको आज बिहान २:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक चालक बाबुलाल थोकरलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।