१० साउन २०८३, आइतबार

सर्लाहीका युवाले गरे आत्मदाहको प्रयास​​​

असार २६, २०८३
काठमाडौं
सर्लाहीका युवाले गरे आत्मदाहको प्रयास​​​

सर्लाहीमा पनि एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।

मुगुका गणेश नेपालीले काठमाडाैंमा आत्मदाह गरेको भोलिपल्ट आज सर्लाहीको गोडैता नगरपालिका- १० निवासी ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । 

उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले लोकान्तरलाई जानकारी दिए । 'घटना आज दिउँसोको हो, उहाँलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ,' उनले भने ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्