२८ जेठ २०८३, बिहीबार

उदयपुरमा गोली चल्यो

बैशाख ३०, २०७९
उदयपुरमा गोली चल्यो

उदयपुरको कटारी नगरपालिका वडा नं. १० सोरुङ छबिसेमा गोली चलेको छ । 

प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको स्थानीयले बताए पनि प्रहरीले भने पुष्टी गरिसकेको छैन । 

कटारी नगरपालिका वडा नं. १० जनता कालिकाको मतदान स्थलमा प्रहरीले गोली चलाएको हो ।

मतदान सकिएपछि मतपेटिका प्याक गर्ने काम भइरहेका बेला प्रहरी र कर्मचारी माथि बाहिरबाट ढुङ्गा मुढा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालय रानीका प्रवक्ता नविन राईले बताए ।

प्रतिकार गर्ने क्रममा ८ राउन्ड हवाई फायर भएको र घटनाको विवरण भने आइनसकेको एसपी राईले बताए । 

उक्त घटनास्थलमा डीएसपी मानबहादुर राईको नेतृत्वमा टोली गइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्