
महोत्तरीको बर्दिवास नगरपालिकाको मतगणना शुरू भएको छ ।
सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरू गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार बर्दिवासको १४ वटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरू गरिएको छ ।
उमावी हात्तीलेट 'क' र 'ख' मतदान केन्द्रको मतपेटिकाबाट गणना थालिएको सापकोटाले जानकारी दिए ।