
चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
हालसम्म २ हजार ५८१ मत गणना हुँदा दाहालले ९८० मत पाएकी छन् ।
दाहाललाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ८७१ मत पाएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३२६ मत ल्याएका जनाइएको छ ।