
कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा शुरू गरेको छ ।
गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्वज हरिपाल बोहरासहित उनको पूरै प्यानल विजयी भएको छ ।

उनी १ हजार ११५ मत ल्याई विजय भएका हुन् । महिला सदस्यमा लिलापति चौधरी १ हजार ४६ मत, दलित महिला सदस्य पुष्प भुल १ हजार २१ मत, सदस्यद्वय तुलसीप्रसाद चौधरी ९९४ मत र शिकारी चौधरी ९७९ मत ल्याई विजयी भएका छन् ।