१३ असार २०८३, शनिबार
स्थानीय चुनाव

हेटाैंडामा एमालेलाई राप्रपाले उछिन्यो, गठबन्धनको अग्रता कायमै

हेटाैंडामा एमालेलाई राप्रपाले उछिन्यो, गठबन्धनको अग्रता कायमै

मकवानपुरको हेटौंडा उपमहानगरमा मेयरमा राप्रपाका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका छन् ।

गठबन्धनका उम्मेदवार अग्रस्थानमा छिन् । तालमेल गर्दा नेकपा एकीकृत समाजवादीको भागमा परेको हेटौंडामा मीनाकुमारी लामा मेयरको उम्मेदवार छिन् । 

लामाले २ हजार २ सय ४२ मत प्राप्त गर्दा दोस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंह २ हजार १ सय ३७ मतसहित प्रतिस्पर्धामा छन् । यसअघि दोस्रो स्थानमा रहेका एमालेका अनन्तप्रसाद पौडेल २ हजार १ सय २८ मतसहित तेस्रो स्थानमा छन् ।

आइतबार अपरान्हको नतिजामा एमालेका उम्मेदवार राप्रपाकासँग मात्र ९ मतले पछि परेका छन् ।

हेटौंडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहनगर पनि हो । महाधिवेशनमा पराजित भएसँगै थापाले नयाँ पार्टी खोलेका थिए । विगतमा हेटौंडा एमालेले जितेको ठाउँ हो ।

हेटौंडामा कमल थापाको राप्रपा नेपालले भने एमालेको उम्मेदवारलाई सघाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्