१८ असार २०८३, बिहीबार

तानसेन नगरपालिकाः गणना भएका ७ वटा वडामै गठबन्धनका उम्मेदवार विजयी

तानसेन नगरपालिकाः गणना भएका ७ वटा वडामै गठबन्धनका उम्मेदवार विजयी

पाल्पाको तानसेन नगरपालिकामा सोमवार बिहानसम्म ७ वटा वडाको मतगणना सकिएको छ, जसमा ७ वटा वडामै ५ दलीय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । 

वडा नं. १ मा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका सुनिलकुमार बस्याल प्यानलसहित निर्वाचित भए । वडा नं. २ मा कांग्रेसका महेश्वरलाल श्रेष्ठ प्यानलसहित निर्वाचित भएका छन् । 

वडा ३ मा कांग्रेसकै बाबुरत्न शाक्य प्यानलसहित विजयी भए भने वडा नं. ४ मा कांग्रेसका हेमन्तराज शाक्य विजयी भए । 

वडा ५ को मा माओवादी केन्द्रका रामबहादुर रावल निर्वाचित भए । यस वडामा पनि गठबन्धनको प्यानल नै विजयी भएको हो । 

तानसेनमा सात वटा वडाको मतगणना हुँदासम्म नगर प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठले ११ सय बढीले अग्रता लिएका छन् । 

श्रेष्ठले ६ हजार १७६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका धनेन्द्रराज घिमिरेले ५ हजार ६१ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा पनि गठबन्धनले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय तानसेनका अनुसार गठबन्धनबाट माओवादी केन्द्रकी प्रतीक्षा सिंजालीले ५ हजार ९५३ मत ल्याउँदा एमालेकी शशी श्रेष्ठले ४ हजार ४८४ मत ल्याएकी छन् ।
 

कमेन्ट गर्नुहोस्