×

NMB BANK
NIC ASIA

आक्रमणकारीलाई कारबाहीको माग गर्दै दीपकराज जोशीले अस्पतालबाटै मागे भोट

जेठ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको व्यास नगरपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले आफूमाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेका छन् । 

Muktinath Bank

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । जोशीमाथि स्थानीय तह निर्वाचनका दिन आक्रमण भएको थियो । अहिले उनी काठमाडौंस्थित फ्रन्टलाइन अस्पताल बानेश्वरमा उपचाररत छन् । आफ्नो स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको उनले जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफूलाई आक्रमण गर्ने कांग्रेस नेता रामचन्द्र पौडेलका भाइ ओझराज पौडेलको समूह भएको आरोप पनि लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

‘‍‍‍...एक्कासि ममाथि वैकुष्ठ न्यौपाने पक्षधरकाले सांघातिक आक्रमण गरे र मतपत्र फ्याँक्न थाले, ममाथि आक्रमण गर्ने समूहमा नेता रामचन्द्र पौडेलका भाइ ओझराज पौडेल र उहाँको समूह थियो । मलाई पछाडि आएर आक्रमण गरेर टाउको फुटाउने अरू कोही नभएर ओझराज पौडेलका छोरा उद्धव हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘मलाई ज्यानै लिने गरी प्रयाससहित आक्रमण गरे हामी ५/७ जना गएका थियौँ तर आक्रमण ममाथि मात्रै गरे र म सवार गाडीलाई पौडेल निकट हरिप्रसाद मिश्रको अगुवाइमा क्षति पुर्‍याए, गाडी पनि तोडफोड गरे ।’

साथै उनले आफूमाथि मतपत्र च्यातेको भन्ने आरोप अफवाह मात्रै भएको बताएका छन् । सो नगरपालिकामा जेठ ४ गते पुनः मतदान हुँदैछ । सो मतदानमा आफूलाई मत दिन पनि आग्रह गरेका छन् । 

यस्तो छ विज्ञप्ति ​

सर्वप्रथम मेरो स्वास्थ्य लाभको कामना गर्दै प्रगाढ माया दर्शाउने सम्पूर्ण मतदाताहरु, समर्थकहरु र शुभेच्छुकहरु, मेरो उद्धारमा खट्ने महानुभावहरू उपचारमा संग्लन चिकित्सक प्रति हार्दिक आभार व्यक्त गर्दछु । अहिले काठमाडौ स्थित फ्रन्टलाइन अस्पताल बानेश्वरमा उपचारत छु । हाल मेरो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । अस्पतालको चिकित्सकले म खतरा मुक्त भएको बताएका छन् । वैशाख ३० गते भईरहेको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार भएकोले म सबै मतदान केन्द्रमा निरीक्षणको लागि पुगेको थिए । मलाई बिहान देखि व्यास ८ गाविस भवनमा उम्मेदवार वैकुष्ठ न्यौपाने पक्षधरले एकलौटी गरेको र मतदान अधिकृतलाई धम्काएर बुथ कब्जाको प्रयास गरिएको खबर आएको थियो । म दिउँसो शिसाघाट हुँदा मलाइ मेरा एजेन्टहरुले फोन गरेर यहाँ हामीलाई लखेटियो र एकलौटी रुपमा मतदान गरिरहेको बताए पछि मैले तनहुँका प्रहरी प्रमुखलाई खबर गरेर शान्तिपूर्ण रुपमा निर्वाचन हुनु पर्छ भनेको थिएँ । उहाँले मलाई ‘‘तपाई त्यहाँ नजानुस्’’ भन्नूभो । मैले म त्याँहा जाँदै छु मलाइ जे पनि हुन सक्छ भनेर खबर गरें । मलाइ सुरक्षा प्रदान गर्न तनहुँ प्रहरीले मौनता देखायो ।  म त्यहाँ पुग्दा एकलौटी रुपमा हाम्रो एजेन्ट विना मतदान हुँदै रहेछ । 

मतपत्र मैले च्यातेको भन्ने अफवाह फैलाइ्एको को छ । म त्यसको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु । कतिपयलाई मतदान गरी सकेपछि मतपेटिकामा खसालिएको मतपत्र च्यातिएको हो भन्ने भ्रम पनि छ वास्तवमा मत खसालिएको मतपत्र नोक्सान भएको हैन । त्यसबारे पनि म यसै विज्ञप्ति मार्फत सूचित गराउँछु । मैले मतदान अधिकृतलाई हाम्रो एजेन्ट खोइ ? किन हाम्रो एजेन्ट बिना मतदान गराएको ? भनेर भनें भोट जे मा हाले पनि शान्तिपूर्ण र निष्पक्ष रुपमा हुनुपर्छ भनेको मात्रै थिएँ ।  एक्कासी म माथि वैकुष्ठ न्यौपाने पक्षधरकाले साङ्घातिक आक्रमण गरे र मतपत्र फ्याँक्न थाले  म माथि आक्रमण गर्ने समुहमा नेता रामचन्द्र पौडेलका भाइ ओझराज पौडेल र उहाँको समूह थियो । मलाइ पछाडी आएर आक्रमण गरेर टाउको फुटाउने अरु कोहि नभएर रामचन्द्र पौडेलका भाइ ओझराज पौडेलका छोरा उद्धव पौडेल हुन् । मलाइ ज्यानै लिने गरी प्रयास सहित आक्रमण गरे हामी ५/७ जना गएको थियौ तर आक्रमण म माथी मात्रै गरे र म सवार गाडीलाइ्र्र्र्र्र्र्र पौडेल निकट हरिप्रसाद मिश्रको अगुवाईमा क्षति पुर्‍याए , गाडी पनि तोडफोड गरे ।  त्यस बुथमा ३ जना प्रहरी र ४ जना म्यादी प्रहरी मात्रै थिए र वैकुष्ठ न्यौपानेका समुहका करीव २०० जनाको युवा समुह थियो  । म माथी आक्रमण भएको करिब एक घण्टा मेरो उद्दारमा अवरोध खडा गरियो । दोषीमाथि शिघ्र कानुनी कारबाहीको माग राख्दछु । उक्त मतदान केन्द्रको मतदान बदर गरी जेठ ४ गते हुन गईरहेको पुनः मतदान प्रक्रियामा निर्भिक भएर सम्पूणर् आदरणीय मतदाताहरु, आमाबुबा, दाजुभाई, दिदी बहिनीहरु तपाईको जनप्रतिनिधी छनोट गर्ने सार्वभौम अधिकारको पूणर् सम्मान गर्दछु । तपाईले रोजेको उम्मेदवारलाई निर्भिक भएर नगर प्रमुख पदमा म दीपकराज जोशीलाइ कैची चिन्ह र उपप्रमुख बसुन्धरा घर्ति लगायत अन्य पदहरुमा सूर्य चिन्हमा अमूल्य मतदान गर्नुहुन विनम्र अपिल गर्दछु । 

पुनश्चः  अमर्यादित किसिमबाट भएको उक्त मतदानलाई बदर गरी पुनः निर्वाचन गर्ने गरी सम्मानित निर्वाचन आयोगको निर्णय प्रति हार्दिक सम्मान गर्दछु । साथै यही जेठ ४ गते हुन गइरहेको व्यास नगरपालिका-८ रिस्तीको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग, स्थानीय प्रशासन र अन्य सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु । म हाल म उपचारार्थ रहेको हुँदा निर्वाचन केन्द्रमा स्वयम् उपस्थित हुन नसकेकोमा आदरणीय मतदाता ज्यूहरु समक्ष क्षमा याचना गर्दछु । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x