१५ असार २०८३, सोमबार

काठमाडौंको शंखरापुरमा रोचक प्रतिष्पर्धा– राप्रपा र नेकपा एसबीच १ भोटको फरक !

काठमाडौंको शंखरापुरमा रोचक प्रतिष्पर्धा– राप्रपा र नेकपा एसबीच १ भोटको फरक !

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिष्पर्धा देखिएको छ ।

कुनैबेला नेकपा एमाले, कुनै बेला राप्रपाले लिड गरिरहेकोमा अहिले नेकपा एसले अग्रता लिइरहेको छ । सोमवार रातिसम्मको नतिजामा नेकपा एसका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ २ हजार ८ सय २२ मतसहित अगाडि छन् । राप्रपाका रमेश नापित श्रेष्ठ भन्दा १ भोटले पछि छन् । उनले २ हजार ८ सय २१ मत पाएका छन् । 

नेकपा एमालेका कृष्णलाल बजगाइँ २ हजार ६ सय ३८ मतसहित तेस्रो स्थानमा छन् । १ हजार ९ सय ३४ मतसहित माओवादीका मधु केसी चौथो स्थानमा छन् । 

उपममेयरमा नेपाली कांग्रेसकी शमिता श्रेष्ठ ४ हजार ४ सय २३ मतसहित अगाडि छिन् । शंखरापुर नेकपा एसका अध्यक्ष माधव नेपालको चुनावी क्षेत्र पनि हो । यो नगरपालिकामा बहुपक्षीय प्रतिष्पर्धा देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्