
भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।
दाहालले निकटतम प्रतिद्वन्द्वीभन्दा ३० मत बढी ल्याएर अग्रता लिएकी छन् ।
दाहालले ५ हजार ७१८ मत पाउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् ।