
जाजरकोटको भेरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का चन्द्रप्रकाश घर्ती विजयी भएका छन् ।
उनी ५ हजार २१० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गगनबहादुर खड्काले ४ हजार १८८ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार सीता जैसी निर्वाचित भएकी छन् । उनी ६ हजार ४६८ मतसहित विजयी भएकी हुन् ।