
विराटनगर महानगरपालिकामा हालसम्म ४४ हजार ५६८ मत गणना भइसकेको छ ।
गणना भएकोमध्ये कांग्रेसका नागेश कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् ।
कोइरालाले १४ हजार ६१ मत ल्याउँदा एमालेका सागर थापाले १० हजार ६९२ मत ल्याएका छन् ।
स्वतन्त्र उमेश यादवले ४५०१ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी शिल्पा निरौला कार्की १२ हजार २३२ मतसहित अग्रस्थानमा रहेकी छन् ।
जसपाका अरमेन्द्र यादवले ७४४० मत ल्याएका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले ३४७० र स्वतन्त्र नमिता न्यौपानेले २५४९ मत ल्याएकी छन् ।