
खराब मौसमका कारण रोकिएर पुन: सुरु भएको फिफा विश्वकपको समूह 'आई' अन्तर्गतको खेलमा फ्रान्सले इराकविरुद्ध २–० को सहज अग्रता बनाएको छ।
फ्रान्सका लागि कप्तान किलियन एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका हुन्।
खेलको १४औं मिनेटमा पहिलो गोल गरेका एम्बापेले ५६औं मिनेटमा दोस्रो गोल थपे। इराकका डिफेन्डर अहमद कासेम र गोलकिपर अहमद बासिलबीचको तालमेल नमिल्दा भएको गल्तीको फाइदा उठाउँदै ओस्मान डेम्बेलेले बल खोसेर एम्बापेलाई पास दिएका थिए, जसमा एम्बापेले निकै सहजै गोल गरे।
आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलिरहेका एम्बापेको यो विश्वकपमा १६औं गोल हो। दोस्रो गोलपछि फ्रान्स अझ आक्रामक देखिएको छ। खेलको ५८औं मिनेटमा माइकल ओलिसेको प्रहार क्रसबारमा लागेर बाहिरिँदा फ्रान्सले तेस्रो गोल गर्ने सुन्दर अवसर गुमाएको थियो। खेल जारी छ ।