
मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको हो । मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा निर्वाचित भएका छन् ।
निवर्तमान मेयर कांग्रेसका खड्ग फागोलाई १ हजार ८६६ मतान्तरले हराउँदै खरेल मेयरमा निर्वाचित भएका छन् । खरेलले १२ हजार १५६ मत ल्याउँदा फागोले १० हजार २९० मत पाएका छन् ।
उपमेयरमा एमालेकी खतिवडाले कांग्रेसकी सीता कार्कीलाई ८८ मतले हराइन् । खतिवडाले १० हजार ७२८ मत ल्याउँदा कार्कीले १० हजार ६ सय ४० मत पाएकी छन् ।