०४ असार २०८३, बिहीबार

व्यास नगरपालिकाको मेयरमा दीपकराज जोशीले अग्रता कायमै, कसको कति मत ?

व्यास नगरपालिकाको मेयरमा दीपकराज जोशीले अग्रता कायमै, कसको कति मत ?

तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् ।  

वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पछि पार्दै जोशीले अग्रता लिएका हुन् ।

पछिल्लो नतिजा अनुसार जोशीले ४ हजार ४४३ मत पाउँदा न्यौपानेले ३ हजार ८७१ मत पाएका छन् ।

व्यासमा १०  हजार २३३ मत गणना भएको छ ।  जसमा उनीहरूबीचको मतान्तर ५७२ रहेको छ ।

कांग्रेस नेता गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका केही पालिकामा एमाले र गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको थियो । 

वैशाख ३० गते भएको झडपमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते जोशीको काठमाडौंमा उपचार भइरहेको छ । मतगणना चलिरहँदा जोशी अस्पतालमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्