०३ असार २०८३, बुधबार
स्थानीय चुनाव

स्थानीय चुनावमा गठबन्धन सफल भयो, प्रदेश र संघीय चुनावसम्मै जान्छ- प्रचण्ड

स्थानीय चुनावमा गठबन्धन सफल भयो, प्रदेश र संघीय चुनावसम्मै जान्छ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र यसलाई प्रदेश र संघीय चुनावसम्मै लैजाने बताएका छन् । 

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएका जनप्रतिनिधिलाई प्रचण्डको निवास खुमलटारमा बधाई दिँदै गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरू गर्न खोजेको बताएका हुन् । 

मध्यपुर थिमीमा कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो । नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । 

‘मूलभूत रुपमा गठबन्धन सफल भएको हो । हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प हो । यसमा हामी गठबन्धनका दलहरु दृढ छौं,’ प्रचण्डले भने ।

मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको र जनप्रतिनिधिले जनताको पक्षमा हुनेगरी गरेको कामको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने भएकाले सोही अनुसार काम गर्न पनि प्रचण्डले निर्देशन दिएका छन् । 

‘विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा निर्वाचित हुनुभएको छ । मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरुलाई पनि भोलिका दिनमा चुनौती दिन सकिन्छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्