जेठ १०, २०७९
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
काठमाडाैं | जेठ ९, २०७९
सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो समयमै १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ ।
वातारणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले कम्पनीले एक महीनाअघि सवारीसाधनलाई विद्युतीयमा परिणत गर्ने काम थालेको थियो ।
यस अवधिमा कम्पनीले १ हजार ३२८ ओटा विद्युतीय सवारीसाधन तयार गरेको छ । कम्पनीले उपत्यकाभित्रका लागि काठमाडौंको धुम्बाराही र उपत्यका बाहिरका लागि बुटवलको कालिकानगरमा रहेका आफ्नै एसेम्बल प्लान्टबाट मोटरसाइकल र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्दै आएको छ ।
विदेशबाट पार्टपुर्जा आयात गरी विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्देश्यले सुन्दर अटोले करीब १ अर्ब लागतमा २ वर्षपहिले नै बुटवलको कालिकानगरमा एसेम्बल प्लान्ट स्थापना गरेको थियो । पेट्रोलियम पदार्थबाट चल्ने बाइक, स्कुटर र कारलाई समेत विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको कम्पनीले हाललाई दुईपांग्रे सवारीसाधनमा मात्र काम गर्दै आएको छ । केही महीनाभित्रै चारपांग्रे गाडी पनि विद्युतीयमा रूपान्तरण गर्न शुरू गरिने कम्पनीले बताएको छ ।
सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले उत्पादन शुरू गरेको छोटो समयमै ठूलो संख्यामा विद्युतीय गाडी उत्पादन गर्न पाउनु कम्पनी र सवारीसाधन प्रयोगकर्ताका लागि पनि उत्साहको विषय भएको बताए । ‘हामीले वैशाख पहिलो सातातिर काम शुरू गरेका थियौं । ठूलो संख्यामा माग आयो । पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा परिणत गर्दा एकपटकको चार्जमा उपत्यकाभित्र ९० देखि १०० किलोमिटरसम्म कुदाउन सकिन्छ,’ उनले भने, ‘योभन्दा बढी दूरीमा चलाउन कि फेरि चार्ज गर्नुपर्छ या त पुनः इन्धनबाटै चलाउनुपर्छ ।’
प्रयोगकर्ताको बढ्दो आकर्षणका कारण कम्पनीलाई थप ऊर्जा मिलेको उनले बताए । विद्युतीयमा परिणत गरिएका कुनै पनि सवारीसाधनमा हालसम्म गुनासो नआएको पनि उनले जानकारी दिए । उकालो–ओरालो जस्तोसुकै बाटोमा समेत सहजै कुदाउन मिल्ने भएकाले प्रयोगकर्ताको आकर्षण बढेको हुन सक्ने कम्पनीले बताएको छ ।
बाइक र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने कम्पनीले बताएको छ । यस्तै ८०० सीसीसम्मको कारलाई विद्युतीयमा रूपान्तरण गर्न १४ लाख रुपैयाँसम्म खर्च लाग्ने सुन्दर अटोका इन्जिनीयर पाण्डव पौडेलले जानकारी दिए । आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खबर लेखेका छन् ।
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...