१९ असार २०८३, शुक्रबार

भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगर प्रमुखमा पदम बोगटी र उपप्रमुखमा निलम जोशी निर्वाचित भएका छन् ।

निर्वाचित बोगटीले १५ हजार ८८२ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश पन्तले ८ हजार १४९ मत पाए भने राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ मत पाएका छन् ।

उपप्रमुखमा निर्वाचित जोशीले १२ हजार २१६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५९६ मत पाए भने एमालेकी भुवन कुँवरले ७ हजार ९९० मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्