१४ असार २०८३, आइतबार

जीवन बीमाको प्रिमियम भुक्तानी गर्नुछ ? कनेक्ट आईपीएसबाट गर्नुस्, पाइन्छ नगद फिर्ता

जीवन बीमाको प्रिमियम भुक्तानी गर्नुछ ? कनेक्ट आईपीएसबाट गर्नुस्, पाइन्छ नगद फिर्ता

आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने समय भएको छ ? या प्रिमियम भुक्तानीको कुन माध्यम रोज्ने भनेर सोच्दै हुनुहुन्छ ? 

त्यसो हो भने कनेक्ट आईपीएसमार्फत बीमा प्रिमियम भुक्तानी तपाईंका लागि उत्तम विकल्प बन्न सक्छ । 

कनेक्ट आईपीएसमार्फत सहजै जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिन्छ । 

साथै प्रिमियम भुक्तानीमा नगद फिर्ता ‘क्यास व्याक’ जस्तो  आकर्षक पुरस्कार समेत पाउन सकिनेछ । 

कनेक्ट आईपीएसमार्फत बीमा भुक्तानी गर्ने पहिलो एक सय जनालाई कम्पनीले ५ सय रुपैयाँ फिर्ता दिइरहेको छ । 

जुन सुकै जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानीका लागि  कनेक्ट आईपीएस रोजे ग्राहकहरूलाई फाइदै फाइदा । 

यसमा केही शर्तहरू भने लागु हुने कम्पनीको भनाइ छ । 

कसरी बन्ने प्रयोगकर्ता ?

कनेक्ट आईपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानीका लागि सबैभन्दा पहिले यसको प्रयोगकर्ता बन्नुपर्ने हुन्छ । 

कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नका लागि सर्वप्रथम तपाईंले कनेक्ट आईपीएसको वेबसाइट https://www.connectips.com/  मा लगइन  गर्नुपर्छ वा मोबाइल एप डाउनलोड गर्नको लागि (http://onelink.to/connectips) मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि त्यहाँ साइन अप र साइन इन अप्सन दिइएको हुन्छ । जसमध्ये नयाँ खाताका लागि साइन अपमा क्लिक गर्नुपर्दछ । 

यसपछि नयाँ ट्याब खुल्छ, जसमा तपाईंले आफ्नो व्यक्तिगत विवरणहरू (नाम, लिंग, मोबाइल नम्बर, इमेल आईडी, जन्म मिति, जिल्ला) भर्नुपर्ने हुन्छ । 

यसपछि कनेक्ट आईपीएस प्रयोगका लागि युजरनेम र पासवर्ड पनि त्यहाँ राख्नुपर्ने हुन्छ । 

यति गरिसकेपछि कनेक्ट आईपीएस र तपाईंको खाता रहेको बैंकलाई अनलाइन वा बैंकमा गएर लिंक गर्न सक्नुहुनेछ ।

यसपछि तपाई कनेक्ट आईपीएस प्रयोगकर्ता बन्नुहुनेछ ।

कसरी गर्ने कनेक्ट आईपीएसमार्फत प्रिमियम भुक्तानी ? 

कनेक्ट आईपीएसको प्रयोगकर्ता बनिसकेपछि सर्वप्रधान आफ्नो  युजरनेम र पासवर्ड राखेर लगइन गर्नुपर्छ ।

त्यसपछि कनेक्ट आईपीएसको ‘ड्याशबोर्ड’ खुल्छ । त्यहाँ ‘फाइनान्सियल इन्स्टिट्युसन’ देख्न सकिन्छ । 

त्यसमा ‘क्लिक’ गरिसकेपछि निर्जीवन बीमा र जीवन बीमा गरी  दुई विकल्प देखिन्छ । 

त्यसमध्ये जीवन बीमाको प्रिमियम भुक्तानीका लागि जीवन बीमा विकल्प छनौट गर्नुपर्छ । 

सो विकल्पमा ‘क्लिक’ गरिसकेपछि त्यहाँ विभिन्न जीवन बीमा कम्पनीहरूको नाम देख्न सकिन्छ ।

त्यसमध्ये आफूले बीमा गरिरहेको बीमा कम्पनी छनौट गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि : यदि तपाईं प्रभु लाइफ इन्स्योरेन्सको ग्राहक हो भने त्यहाँ देखाइएका कम्पनीहरूमध्ये प्रभु लाइफ इन्स्योरेन्समा ‘क्लिक’  गर्नुहोस् । (आफूले बीमा गरेको बीमा कम्पनी तपाईंले रोज्नुपर्ने हुन्छ ।’

त्यहाँ क्लिक गरेपश्चात तपाईंको डिटेल्स देखाउँछ । त्यहाँ आफ्नो बैंकको अकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ । 

त्यसको तल 'पोलीसी' नम्बर र तपाईंको जन्ममिति राख्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईंले ‘मेक पेमेन्ट’ मा क्लिक गर्नुपर्ने हुन्छ । 

त्यसपछि तपाईंले आवश्यक रकम राखि भुक्तानी गर्न सक्नुहुनेछ । 

भुक्तानीका लागि आवश्यक रकम बैंक खातामा हुन भने जरुरी हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्