असार २, २०७९
कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । यो अफर आज बुधबारदेखि लागू भएको छ । असार १ गतेबाट शुरू यो योजना असार ३२ गतेसम्...
काठमाडाैं | जेठ १०, २०७९
आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने समय भएको छ ? या प्रिमियम भुक्तानीको कुन माध्यम रोज्ने भनेर सोच्दै हुनुहुन्छ ?
त्यसो हो भने कनेक्ट आईपीएसमार्फत बीमा प्रिमियम भुक्तानी तपाईंका लागि उत्तम विकल्प बन्न सक्छ ।
कनेक्ट आईपीएसमार्फत सहजै जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिन्छ ।
साथै प्रिमियम भुक्तानीमा नगद फिर्ता ‘क्यास व्याक’ जस्तो आकर्षक पुरस्कार समेत पाउन सकिनेछ ।
कनेक्ट आईपीएसमार्फत बीमा भुक्तानी गर्ने पहिलो एक सय जनालाई कम्पनीले ५ सय रुपैयाँ फिर्ता दिइरहेको छ ।
जुन सुकै जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानीका लागि कनेक्ट आईपीएस रोजे ग्राहकहरूलाई फाइदै फाइदा ।
यसमा केही शर्तहरू भने लागु हुने कम्पनीको भनाइ छ ।
कसरी बन्ने प्रयोगकर्ता ?
कनेक्ट आईपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानीका लागि सबैभन्दा पहिले यसको प्रयोगकर्ता बन्नुपर्ने हुन्छ ।
कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नका लागि सर्वप्रथम तपाईंले कनेक्ट आईपीएसको वेबसाइट https://www.connectips.com/ मा लगइन गर्नुपर्छ वा मोबाइल एप डाउनलोड गर्नको लागि (http://onelink.to/connectips) मा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि त्यहाँ साइन अप र साइन इन अप्सन दिइएको हुन्छ । जसमध्ये नयाँ खाताका लागि साइन अपमा क्लिक गर्नुपर्दछ ।
यसपछि नयाँ ट्याब खुल्छ, जसमा तपाईंले आफ्नो व्यक्तिगत विवरणहरू (नाम, लिंग, मोबाइल नम्बर, इमेल आईडी, जन्म मिति, जिल्ला) भर्नुपर्ने हुन्छ ।
यसपछि कनेक्ट आईपीएस प्रयोगका लागि युजरनेम र पासवर्ड पनि त्यहाँ राख्नुपर्ने हुन्छ ।
यति गरिसकेपछि कनेक्ट आईपीएस र तपाईंको खाता रहेको बैंकलाई अनलाइन वा बैंकमा गएर लिंक गर्न सक्नुहुनेछ ।
यसपछि तपाई कनेक्ट आईपीएस प्रयोगकर्ता बन्नुहुनेछ ।
कसरी गर्ने कनेक्ट आईपीएसमार्फत प्रिमियम भुक्तानी ?
कनेक्ट आईपीएसको प्रयोगकर्ता बनिसकेपछि सर्वप्रधान आफ्नो युजरनेम र पासवर्ड राखेर लगइन गर्नुपर्छ ।
त्यसपछि कनेक्ट आईपीएसको ‘ड्याशबोर्ड’ खुल्छ । त्यहाँ ‘फाइनान्सियल इन्स्टिट्युसन’ देख्न सकिन्छ ।
त्यसमा ‘क्लिक’ गरिसकेपछि निर्जीवन बीमा र जीवन बीमा गरी दुई विकल्प देखिन्छ ।
त्यसमध्ये जीवन बीमाको प्रिमियम भुक्तानीका लागि जीवन बीमा विकल्प छनौट गर्नुपर्छ ।
सो विकल्पमा ‘क्लिक’ गरिसकेपछि त्यहाँ विभिन्न जीवन बीमा कम्पनीहरूको नाम देख्न सकिन्छ ।
त्यसमध्ये आफूले बीमा गरिरहेको बीमा कम्पनी छनौट गर्नुपर्ने हुन्छ ।
उदाहरणका लागि : यदि तपाईं प्रभु लाइफ इन्स्योरेन्सको ग्राहक हो भने त्यहाँ देखाइएका कम्पनीहरूमध्ये प्रभु लाइफ इन्स्योरेन्समा ‘क्लिक’ गर्नुहोस् । (आफूले बीमा गरेको बीमा कम्पनी तपाईंले रोज्नुपर्ने हुन्छ ।’
त्यहाँ क्लिक गरेपश्चात तपाईंको डिटेल्स देखाउँछ । त्यहाँ आफ्नो बैंकको अकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ ।
त्यसको तल 'पोलीसी' नम्बर र तपाईंको जन्ममिति राख्नुपर्ने हुन्छ ।
त्यसपछि तपाईंले ‘मेक पेमेन्ट’ मा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि तपाईंले आवश्यक रकम राखि भुक्तानी गर्न सक्नुहुनेछ ।
भुक्तानीका लागि आवश्यक रकम बैंक खातामा हुन भने जरुरी हुन्छ ।
कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । यो अफर आज बुधबारदेखि लागू भएको छ । असार १ गतेबाट शुरू यो योजना असार ३२ गतेसम्...
आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवर्धित ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरूका निम्ती रोचक अफर ल्...
इसेवाले “५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत असार ५ गते आइतवार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । आइतबार बिहान ५ः५ बजेदेखि साँ...
नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज ला...
इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ । योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ्ग मेसिन ...
नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, स...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...