२७ असार २०८३, शनिबार

अलमलमा प्रधानमन्त्रीः सत्तासाझेदार र पार्टी भित्र विश्वास गुमाउँदै देउवा

कात्तिक २०, २०७४
अलमलमा प्रधानमन्त्रीः सत्तासाझेदार र पार्टी भित्र विश्वास गुमाउँदै देउवा


काठमाडौं ३ असार–
प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी भित्रै आलोचनामा सुरु भएको छ । पार्टी भित्र मात्र नभइ सत्तासाझेदार माओवादी केन्द्रले समेत देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ ।

पार्टी भित्रको विबादका कारण देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह असन्तुष्ट देखिएको छ । पौडेल समूहले महामन्त्री डा शशांक कोइरालामार्फत केन्द्रीय समितिको बैठक बोलाउन दवाव दिए पनि देउवाले वास्ता गरेका छैनन् ।

प्रमुख सत्तासाझेदार माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम उपलव्ध गराउँदा समेत देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सरकारको सुस्त कार्यशैलीप्रति असन्तुष्ट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यशैलीमा सुधार नआए कुनैपनि बेला सरकार छाड्न सक्ने टिप्पणी गरेका थिए ।

‘मैले शेरबहादुरजीलाई पटक पटक चाडो मन्त्रीपरिषद् विस्तार गरौ भनेर भने । देउवाजीले अनेक बाहाना गरेर पछाडि धकेलिरहनु भएको छ’ प्रचण्डको भनाइ उदृद्धगर्दै माओवादीका एक नेताले भने ‘अव पनि तुरुन्तै मन्त्रीपरिषद् गठन भएन भने सरकारमा किन बसिरहन पर्यो । हामी त काँग्रेसजस्तो अलमलमा पर्दैनौँ । चाडै निर्णय लिइ हाल्छौँ ।’

मन्त्रिपरिषद् विस्तारका अतिरिक्त अन्य कामका समेत देउवा सरकारको कायैशैलीलाई लिएर पार्टीमा आलोचना शुरु भएको छ । माघ ७ गतेसम्म संसदको चुनाव गर्न निर्वाचन आयोगले साउन १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन माग गरेपनि सरकारले आयोग समेत गठन गर्न सकेको छैन् ।

माओवादीसंग असमझदारी छैनः महत

प्रधानमन्त्री देउवाका विश्वासपात्र कांग्रेस नेता डा प्रकाशशरण महतले केही प्राविधिक कारणले सरकार विस्तारमा ढिलाइ भएको बताए । उनले पार्टी भित्र वा सत्ता गठबन्धनका बीचमा असमझदारी उत्पन्न भएको कारणले सरकार विस्तारमा ढिलाइ नभएको समेत स्पष्ट पारे ।

‘संबिधान संशोधन र सरकार विस्तारलाई एकै पटक लैजाने कोशिश गर्दा सरकार विस्तारमा ढिलाइ भएको हो’ महतले लोकान्तरसंग भने, ‘अब आजभोलिमै सरकार विस्तार हुन्छ ।’ प्रचण्डको विदेश भ्रमणले पनि सरकार विस्तारमा केही ढिलाइ भएको उनले दावी गरे ।

दलीय भागवण्डा मिल्ने वित्तिकै सरकार विस्तार हुने उनले बताए । बाहिर प्रचारमा आएजस्तो माओवादी केन्द्रका अध्यक्ष सरकार ढलाउने खेलमा नलागेको समेत उनले बताए । पार्टी भित्र पनि सरकारको विषयमा लिएर कुनै विवाद नभएको उनले बताए । ‘कांग्रेस ठूला पार्टी भएकाले नेताहरुका आफ्ना आफ्नै आकांक्षा भएपनि पार्टी सभापतिले नेताको साइज अनुसार सबैलाई मिलाएर लैजानु हुन्छ’ महतले भने ।

प्रधानमन्त्री देउवाले संसदको चौथो ठूलो दल राप्रपा र मधेश केन्द्रित संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागि गराउन प्रयास गरिरहेका छन् । पार्टी भित्रको असन्तुष्टिका कारण राप्रपा तत्काल सरकारमा सहभागि नहुने भएपछि देउवा कांग्रेस, माओवादी र साना दललाई सहभागि गराएर सरकार विस्तारको तयारीमा लागेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले मन्त्रालय नेतृत्वविहीन हुदा सरकारका काम कार्वाही प्रभावित बनेका छन् । आफ्नै पार्टीका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई सहभागि गराइ देउवाले ८ सदस्सीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्