१४ असार २०८३, आइतबार

उदयपुरको कटारी नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुरको कटारी नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । 

कांग्रेसका राजेशचन्द्र श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् । 

श्रेष्ठले ६ हजार ४१७ र बरालले ५ हजार ९५२ मत ल्याएका थिए । एमालेका ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै उपप्रमुखमा एमालेकी गीता खड्का विजयी भएकी छन् । उनले माओवादीका बिनोद कटुवाललाई पराजित गर्दै विजयी भएकी हुन् । 

खड्काले ६ हजार ४१३ र कटुवालले ३ हजार ८२१ मत ल्याएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्