×

X
Dabur
Nic Asia
Marvel

सम्भावनै सम्भावनाको बीचमा राजनीति

प्रचण्डको राजनीतिक 'मुभ' नियाल्दै देउवा–ओली, फेरि सम्भव होला वाम तालमेल ?

‘कांग्रेस र एमाले दुवैले प्रधानमन्त्री अफर गर्ने माओवादीको विश्वास’

काठमाडाैं | जेठ १९, २०७९

TVS INSIDE

‘कांग्रेस पनि एमाले जस्तै अहंकारी बन्ने हो कि भन्ने चिन्ता लागेको छ । कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् । हामी त क्रान्तिकारी हौं, कांग्रेसमा अहंकार आयो भने फेरि विद्रोह गर्ने हो,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार दिएको अभिव्यक्तिले राजनीतिक तलाउमा छाल पैदा गरिदिएको छ । बिहानदेखि बेलुकासम्म माओवादी र प्रचण्डको कटूआलोचना गर्दै सामाजिक सञ्जाल रंग्याउने एमाले कार्यकर्ताहरूले प्रचण्डको हिजोको अभिव्यक्तिपछि राहतको सास फेरेको छनक सामाजिक सञ्जालमै देख्न सकिन्छ ।

IME BANK INNEWS
morang Auto yamaha

प्रचण्डको हिजोको अभिव्यक्ति गठबन्धन भत्काउने र एमालेसँग चुनावी तालमेल नै गर्ने भन्ने खालको थिएन । किन्तु, एमालेलाई पनि कांग्रेसलाई जस्तै सबक सिकाउने भनेर प्रचण्डले दिएको अभिव्यक्तिले स्वाभाविक राजनीतिक तरंग उत्पन्न भएको छ । प्रचण्डका अभिव्यक्तिहरू कुन कार्यक्रम, कस्तो परिवेश र सन्दर्भमा आएको भनेर पहिला बुझ्नुपर्छ, किनभने माओवादीको आन्तरिक कार्यक्रममा प्रचण्डले बेलाबखत यस्तै कुरा गर्छन्, जसले राजनीतिलाई तरंगित बनाइदिन्छ । पछिल्ला वर्षमा प्रचण्डको भूमिकाकै कारण सरकार गठन र विघटनको शृंखला चलेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

काठमाडौंको कमलपोखरीस्थित एक सिनेमा हलमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी आफ्नो पार्टीका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार पैदा हुने हो कि भन्दै घुर्की देखाए । 

पूरा सम्बोधन सुन्दा प्रचण्ड अहिलेको गठबन्धन नै चुनावसम्म जाओस् भन्ने पक्षमा रहेको बुझ्न सकिन्छ । ‘स्थानीय तह निर्वाचनमा तालमेल गर्‍यौं, तर सोचेजस्तो भएन । कतिपय ठाउँमा कांग्रेस, एमाले र विप्लवलगायत भएभरकाले माओवादीविरुद्ध तालमेल गरे, तैपनि रुकुम, रोल्पा र कालीकोटामा हामीले जित्यौं,’ प्रचण्डले भनेका थिए, ‘स्थानीय तहको चुनावमा भएका कमीकमजोरी सच्याएर तालमेल हुन्छ ।’

Vianet communication
Maruti inside

तर राजनीतिमा दुई गुना चार हुँदैन, पाँच भइदिन्छ । राजनीतिमा भन्ने र गर्ने कुरा फरक हुन्छन् । चुनावसम्म नयाँ गठबन्धन बन्यो भने आश्चर्य मान्नु पर्ने केही छैन । तर, एकपटक असफल भएको वाम तालमेल फेरि त्यति सहज भने छैन ।

एमालेमा तालमेलको हुटहुटी 

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे यो सरकार एक हप्तामै ढालिदिने बताउँदै आएका छन् । ओलीले परमादेशी भनेर सत्तोसराप गर्ने सरकारले ११ महिना पूरा गर्न लागेको छ । 

कार्यकर्तालाई उत्साहित बनाउनका लागि ‘एक हप्तामा सरकार ढाल्ने’ स्टन्ट गरेपनि एमाले देउवा नेतृत्वको वर्तमान सरकार ढाल्ने पक्षमा छैन । उसको एकमात्र दाउ भनेको गठबन्धन भत्काउनु र त्यही बेला देशलाई चुनावमा धकेल्नु हो । गठबन्धन भत्काउन सके फेरि वाम तालमेल गर्ने, नसके माओवादीलाई कांग्रेसबाट अलग्याउने एमालेको रणनीति हो ।

देखिनेगरी केही नभए पनि भित्रभित्रै वामपन्थी तालमेलको प्रयास भइरहेका भने अवश्य छन् । फरक उद्देश्य र फरक कार्यक्रममा गएको भए पनि एमाले र माओवादीका दोस्रो तहका प्रभावशाली नेताको चीन भ्रमणको बेला नै फेरि वामपन्थी दललाई मिलाउन प्रयास भएको भनेर चर्चा भएको थियो । अहिले पनि वामपन्थी दललाई मिलाउन चीन लागिपरेको छ भनेर विश्वास गर्नेहरू छन् । एमसीसीले देश ध्रुवीकरणमा गएका बेला त्यस्तो प्रयास भएको थियो । 

अध्यक्ष केपी ओलीलगायत शीर्ष नेतृत्वले माओवादीप्रति तीखा वचन लगाएपनि वामपन्थी तालमेलका लागि भित्रभित्रै कसरत भइरहेका छन् । पार्टीबाट अलग्गिएर गएको माधव नेपाल समूह र माओवादी केन्द्रसँग तालमेलका लागि एमालेभित्रबाट पनि प्रयास भएका छन् । 

‘चुनावमा वामपन्थी तालमेलका लागि केही प्रयास नभएका होइनन्, तर जो सिरियसली लाग्नुपर्ने हो अझै लागेको अवस्था होइन,’ एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।

विगतमा माओवादीसँग चुनावी तालमेलको पृष्ठभूमि बनाउने नेताहरू अहिले चुपचाप छन् । विगतमा माओवादीसँगको तालमेलमा भूमिका खेलेका वामदेव गौतम अमेरिकामा छन् भने विष्णु पौडेल चुपचाप छन् । स्मरणीय छ, ओली र प्रचण्डले विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर गोप्य सहमति गरेका थिए । एमालेभित्र अहिले विष्णु पौडेलभन्दा शंकर पोखरेल हावी छन् । 

पोखरेललगायत ओलीको किचन क्वाबिनेटका केही नेताहरू अहिले पनि लोकप्रिय मत आफूहरूले पाएकाले प्रतिनिधि सभा चुनावमा एमाले नै पहिलो पार्टी बन्ने भनेर हिसाबकिताब गरिरहेका छन् । प्रत्यक्ष चुनाव लडेका र लड्ने योजना बनाइरहेकाले आफ्नो धरातल कमजोर देखेका छन्, त्यसको विपरीत समानुपातिकको सूचीमा पर्ने सम्भावना रहेका नेताहरू माओवादीसँग मिल्न नहुने लविङमा छन् । 

‘स्थानीय तह चुनावपूर्व नै केही कमरेडले फिल्डमा हाम्रो अवस्था कमजोर छ भनेर केन्द्रीय कमिटी बैठकमा राख्नुभएको थियो, नेतृत्वले त्यो कुरा सुनेन,’ एमालेका एक पोलिटब्यूरो सदस्यले लोकान्तरसँग भने । 

चुनावअघि एमालेले एक्लै ६० प्रतिशत ठाउँमा जित्ने दाबी गरेको थियो, तर रियालिटीमा २७ प्रतिशत (पालिका प्रमुख) हाराहारी जितेको छ । 

औपचारिक कुराकानीमा एमाले नेताहरू अहिले पनि माओवादीसँग चुनावी तालमेल नहुने धारणा राख्छन् । उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीलाई परजीवी शक्तिको संज्ञा दिँदै चुनावमा तालमेल नहुने भनेर लोकान्तरसँगको एक अन्तर्वार्तामा भनिसकेका छन् । महासचिव शंकर पोखरेलको लाइन देशमा दुईदलीय व्यवस्था हुनुपर्छ भन्ने हो । उनी पनि माओवादीको सामर्थ्य र अस्तित्वलाई स्वीकार गर्दैनन् । 

माओवादीसँग तालमेल गरेर सत्तामा पुग्ने कि एक्लै लडेर पाँचवर्ष प्रतिपक्षमा बस्ने भन्ने बहस एमालेका कार्यकर्ताले गाउँगाउँमा गरिरहेका छन् । ठूलो तप्का ‘वामपन्थी तालमेल’ गरेर जानुपर्नेमा छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङले त तत्काल वामपन्थी तालमेलमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

स्थानीय तह निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दलको अनौपचारिक तालमेल भयो । अध्यक्षमा एमालेले उम्मेदवार उठाएन उपाध्यक्षमा माओवादीले उम्मेदवारी दिएन । नुवाकोटको किस्पाङ गाउँपालिकामा पनि यी दुई दल मिले । चुनावी नतिजा शतप्रतिशत सफल भयो । अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीबाट विजयी भए । 

माओवादीसँगको चुनावी तालमेललाई स्वयं केपी ओलीले अस्वीकार गरेका छैनन् । वैशाख २५ मा मतदातालाई अपिल गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेसभन्दा आफूहरूले माओवादीलाई धेरै दिनसक्ने आशयको टिप्पणी गरेका थिए ।  

‘बिरालो किन्नुपर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उसैकहाँ जान्छ । हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ,’ ओलीले भनेका थिए । 

केमेस्ट्री मिल्ने शक्तिको खोजीमा माओवादी !

स्थानीय चुनावमार्फत बार्गेनिङ पावर बढाएको माओवादी पनि प्रतिनिधि सभा चुनावमा कोसँग मिल्दा बढी फाइदा हुन्छ भन्ने जोखाना हेरेर बसिरहेको छ । सत्ता गठबन्धनमा रहे पनि ‘केमेस्ट्री’ मिल्ने शक्तिसँग तालमेल गर्ने माओवादीको भित्री इच्छा हो । माथिबाट तालमेल गरेपनि कांग्रेस कार्यकर्ता माओवादीलाई भोट हाल्न राजी नहुने माओवादीको विश्लेषण छ ।

त्यसविपरीत एमालेका कार्यकर्ताले चुनावी तालमेल गर्दा माओवादीलाई भोट हालेको उनीहरूको मूल्यांकन छ । ‘हुन त भरतपुरमा कांग्रेसको भोटका कारण मेयर जितेको हो, तर १४ हजार कांग्रेस (जगन्नाथ पौडेलले पाएको भोट)ले माओवादीलाई भोट हालेनन्,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘राजनीतिक सिद्धान्तको हिसाबले पनि एमालेसँगको तालमेल नै प्राकृतिक हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ 

प्रचण्डले ओलीबाहेकका एमाले कार्यकर्तासँग सहकार्य गर्न अप्ठ्यारो नरहेको भनेर सरकारका नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बोल्ने क्रममा जेठ १४ गते भनेका थिए । 

एमालेको बलियो संगठनको नेतृत्व गर्ने प्रचण्डको महत्त्वाकांक्षा बाँकी रहेको बुझ्न सकिन्छ । गत निर्वाचनमा माओवादीले समानुपातिकभन्दा प्रत्यक्षतर्फ धेरै सीट जितेर हैसियत बनाएको थियो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उसले प्रत्यक्षतर्फ ३६ सीट जितेको थियो । कांग्रेससँग तालमेल गर्दा विगतमा एमालेसँग जस्तो ४० प्रतिशत हिस्सा पाइँदैन भन्नेमा माओवादी जानकार छ । 

सैद्धान्तिक रूपमा एमालेसँग धेरै मतभेद नरहे पनि केपी ओलीको कार्यशैलीप्रति प्रचण्डको आपत्ति देखिन्छ । नेकपा विभाजन भएपछिका प्रत्येक कार्यक्रममा प्रचण्डले एमालेसँग तालमेल गर्नु गलत थिएन भनेर पुष्टि गर्ने कोशिश गरिरहेका छन् । अर्थात्, वामपन्थी तालमेलको प्रचण्ड तिर्खा मेटिएको छैन । 

जस्तो कि संसद्मा केपी ओलीको तीनघण्टे सम्बोधनपछि प्रचण्डले ओली सच्चिएर आउँछन् कि भनेर अपेक्षा राखेको संसद्बाटै बताएका थिए । बुधवारको कार्यक्रममा पनि प्रचण्डले ओली सच्चिने अपेक्षा राखेको बताएका थिए । 

वामपन्थी राजनीतिमा ‘आत्मालोचना’ एउटा त्यस्तो बुटी हो, जसले विगतका सबै खत माफी दिन्छ । त्यसैले कुनैपनि बेला फेरि वामपन्थी शक्तिहरू एक ठाउँमा उभिने सम्भावनालाई नकार्न सकिँदैन ।

मागेजति दिन कांग्रेस तयार

त्रिशंकु संसद्मा तेस्रो शक्ति जहिले पनि निर्णायक भइदिन्छ । २०५१ सालपछि तेस्रो शक्तिको रूपमा रहेको राप्रपाले कांग्रेस र एमालेलाई नचाएर पटक–पटक सरकारको नेतृत्व लिएको थियो ।

सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द कहिले कांग्रेस, कहिले एमालेको बुई चढेर सरकारमा गएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि तेस्रो शक्तिको हैसियतमा रहेको एमालेले दुईपटक सरकारको नेतृत्व गर्‍यो । २०७० सालको चुनावपछि तेस्रो शक्तिको रूपमा रहेको माओवादीले पनि सरकारको नेतृत्व गर्ने अवसर पायो ।  

अहिलेको शक्ति सन्तुलन र जटिल निर्वाचन प्रणालीका कारण कुनै राजनीतिक दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कम छ । मिश्रित निर्वाचन प्रणालीका कारण कुनै दलले स्पष्ट बहुमत ल्याउनका लागि चमत्कार गर्नुपर्ने हुन्छ, तत्काल त्यो सम्भावना देखिएको छैन । 

त्यस्तो अवस्थामा सरकार बनाउन पहिलो या दोस्रो दलले तेस्रो दलको समर्थन लिनु अनिवार्य जस्तै देखिन्छ । स्थानीय तहको निर्वाचनको ताजा जनमतलाई हेर्दा दलहरू एक्लाएक्लै लड्दा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो शक्तिको रूपमा आउने पूर्वानुमान गर्न सकिन्छ । अथवा एमाले पहिलो र कांग्रेस दोस्रो होला । तालमेल भएको अवस्थामा माओवादी केन्द्र तेस्रो र निर्णायक शक्तिको रूपमा आउने सम्भावना छ । कि त कांग्रेस, कि त माओवादी एउटा दलसँग माओवादीको तालमेल पक्कै हुनेछ ।

त्यो अवस्थामा माओवादी सरकार गठन विघटनमा निर्णायक हुने सम्भावना छ । नेपाली कांग्रेस भने सके आफूले नभए पहिलो कार्यकाल नै माओवादीलाई सरकारको नेतृत्व दिएर भएपनि उसैसँग तालमेल गर्ने पक्षमा देखिन्छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रको चुनावमा पनि माओवादीसँग तालमेल गर्ने बताउँदै आएका छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले त २३ होइन ९३ सीट जित्ने भन्दै स्थानीय चुनावमा माओवादीसँगको तालमेलको बचाउ गर्दै भाषण गरेका थिए । भलै बुधवार प्रचण्डले कांग्रेसप्रति दिएको अभिव्यक्तिमा पौडेलले तत्कालै रियाक्सन जनाए ।

कांग्रेसमा सबैभन्दा बढी देउवा माओवादीसँग तालमेलका लागि उदार देखिएका छन् । भरतपुर महानगरको मेयर माओवादीलाई छाड्न नसकिने भनेर आएका चितवनका कार्यकर्तालाई तालमेलको वातावरण बिथोल्ने भनेर उल्टै थर्काएर पठाएका थिए । प्रचण्डलाई रिझाउन देउवाले कुनै कसर बाँकी राखेका छैनन्, जस्तो कि पुस १२ गते माओवादी महाधिवेशनको उद्घाटनका क्रममा देउवाले संविधान सभा र गणतन्त्र माओवादीको एजेण्डा भएको र आफूहरूले मान्दिएको बताएका थिए । 

देउवाको त्यो अभिव्यक्तिबाट हौसिएका प्रचण्डले देउवालाई तत्कालै ‘राजनेता’मा हुने गुण भएको असाधारण नेताको संज्ञा दिएका थिए । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने समयबाहेक देउवाले प्रचण्डको प्रस्ताव कहिल्यै अस्वीकार गरेका छैनन् । प्रचण्डले पनि देउवासँगै कम्फर्टेबल महशुस गरिरहेका छन् । 

प्रचण्डको रणनीतिक मूभ 

अहिले सरकारमा बसिरहे पनि नेपाली कांग्रेसका नेताहरू आसन्न निर्वाचनमा माओवादीले आफुहरूसँगै तालमेल गर्छ भन्नेमा पूरै आश्वस्त छैनन् । कुनै पनि बेला वामपन्थी गठबन्धनबीच तालमेल हुने कुरामा कांग्रेस नेताहरू सशंकित छन् । तर कांग्रेस नेताहरूमा के विश्वास देखिएको छ भने विगतको असफलताका कारण एमाले र माओवादी तालमेल भइहाले पनि उनीहरूले विगतमा जस्तो नतिजा ल्याउने छैनन्, र कांग्रेस त्यति कमजोर हुने छैन । 

कात्तिक अन्तिम साता या मंसिरमा गर्ने भनिएको प्रतिनिधि सभा चुनावपछि देशको राजनीति कसरी अगाडि बढ्ला भन्ने निर्णायक पात्र अहिले प्रचण्ड हुन्, जसले गठबन्धनको साँचो बोकेर हिँडेका छन् । चुनावको मिति घोषणाको तरखर भइरहेको समयमा प्रचण्डले आफूलाई प्रधानमन्त्रीको अफर गरिएको बताउँदै आएका छन् । 

प्रचण्डले मात्र होइन आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको भनेर माधव नेपालले पनि दाबी गरेका छन्, बिहीवार सुर्खेत पुगेर । ‘ प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो, त्यसपछि मैले जवाफ दिँदै भनेको थिएँ, प्रचण्ड कमरेड, तपाईंलाई मात्र होइन, अन्त पनि आएको होला है, मैले सांकेतिक कुरा गरेको थिएँ,’ नेता नेपालले भने, ‘यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो । मान्छेलाई लोभ देखाउन सकिन्छ कि, लालच देखाएर सकिन्छ कि, यो तरिका नगरौं । यस्ता लोभलालचको भुलभुलैयामा पर्ने मान्छे म होइन ।’

वामपन्थी तालमेल हुने/नहुने कुरामा माधव नेपाल एउटा फ्याक्टर हुन्, जसलाई प्रचण्डले छाड्न सक्दैनन्, ओलीले स्वीकार्न पनि त्यत्तिकै गाह्रो छ । सत्ताच्युत भएर बालकोट पुगेपछि बार्दलीबाट ओलीले ‘माधव नेपाल’बाहेकलाई एमालेमा स्वागत हुन्छ भनेका थिए । त्यसपछि पनि ओली र नेपालले एकअर्कालाई तल्लो तहमा गिरेरै गाली गरेका छन् । 

माधव नेपालको दाबी पत्याउने हो भने उनलाई प्रधानमन्त्री नै ‘अफर’ भएको अवस्थामा चुनावमा एमालेले माधव नेपालको पार्टीलाई निषेध नै गर्ला भनेर पूर्वानुमान गर्नु हतारो होला । 

बिहीवार प्रशिक्षण कार्यक्रममा प्रचण्डले देशको राजनीति कता लैजाने भन्ने निर्णय गर्ने क्षमतासहित जनताले आफूहरूलाई तेस्रो शक्ति बनाइदिएको बताएका थिए । 

‘हावा नचली पात हल्लिन्न’ भन्ने नेपाली उखान जस्तै वामपन्थी तालमेलको बतास वैशाख ३० देखि नै चल्न थालेको हो । यो मनसुनी बतासमा उत्तर या दक्षिण कताको वायु हावी हुन्छ, त्यसले चुनावमा वाम तालमेलको भविष्य निर्धारण गर्नेछ । 

पढ्नुहोस्, यो पनि :

 



 

TATA Below
NLIC
साउन २४, २०७९

विगत केही समययता युक्रेनका विषयमा पश्चिमा सञ्चारमाध्यमहरूमा आएका सामग्री हेर्दा भोलोदीमीर जेलेन्स्कीलाई पश्चिमले परित्याग गर्न खोजेको संकेत पाइन्छ ।  एम्नेस्टी इन्टरनेसनल नामक मानवअधिकारवादी संस्थाले पाँच ...

साउन २४, २०७९

आगामी मंसिर ४ गते हुने आम चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनले सिट बाँडफाँटबारे औपचारिक छलफल थालेको छ । सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल बनाएको छ । चुनावी तालमेलको सैद्धान्तिक स...

साउन २६, २०७९

नेपालको संसदीय इतिहासमा विजयकुमार गच्छदारको नाम र बदनाम दुवै छ । २०४८ सालपछिका सबै चुनावमा अविजित रहेका गच्छदार नेपालमा सबैभन्दा धेरै मन्त्री बन्ने नेता हुन् ।  ३० वर्षको अवधिमा गच्छदार पाँचपटक उपप्र...

साउन २६, २०७९

नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको १ वर्ष पनि नबित्दै नेकपा एकीकृत समाजवादीभित्र गुट उपगुटको छिनाझप्टी उत्कर्षमा पुगेको छ ।  एमालेभन्दा ठूलो दल हुने भनेर गत वर्षको भदौ ९ गते निर्वाचन आयोगबाट ए...

साउन २३, २०७९

चीन र अमेरिकाबीचको सम्बन्ध अहिले निकै चिसिएको छ र त्यसको प्रमुख कारण ताइवान हो ।  अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले चीनलाई रणनीतिक पासोमा पार्ने उद्देश्यले ताइवान भ्रमण गरेपछि चिनियाँ जनमुक्ति से...

साउन २७, २०७९

विगत केही वर्षयता हिन्दी सिनेमा जगत् अर्थात् बलिउडलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक सञ्जालमा जोडतोडका साथ उठिरहेको छ ।  ट्विटरमा ह्याशट्याग बोयकटबलिउड तथा विभिन्न संस्करण प्रायः ट्रेन्डिङमा रहने गरेको छ ।...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x