१० साउन २०८३, आइतबार

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानगरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । 

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो ।

धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो । 

कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिए।

मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताए ।

मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्टबिनहरू भानुचोक वरपर राखिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्