११ साउन २०८३, सोमबार

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई सदस्य मनोनयन

साउन १०, २०८३
काठमाडौं
कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई सदस्य मनोनयन

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना सदस्यहरू मनोनयन गरेका छन् । 

सभापति थापाले पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरेका हुन् । 

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त मनोनयनबारे जानकारी दिएका हुन् । अन्य राजनीतिक दलहरूसँग आवश्यक संवाद र समन्वय गर्ने उद्देश्यले कांग्रेसले यो समिति गठन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्