साउन २९, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छिन् । संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पठाइएका विधेयक फिर्ता गर्ने द...
काठमाडाैं | जेठ २७, २०७९
स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै राजनीतिक दल र नेताहरूको ध्यान प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुन थालेको छ ।
वर्षायाम र ठूला चाडपर्व सकिएलगत्तै हुने प्रदेश र संघीय प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी घोषणाको लहर नै चलिरहेको छ ।
स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले बाजी मारेपछि संघीय चुनावमा पनि स्वतन्त्र उम्मेदवार घोषणाको लहर देखिएको छ ।
अर्कोतर्फ राजनीतिक दलका नेताहरू पनि स्वतन्त्र उम्मेदवारसँग तर्सिएर सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा देखिएका छन् ।
काठमाडौं महानगरमा बालेन्द्र शाह, धरान उपमहानगरमा हर्क साम्पाङ राई र धनगढी उपमहानगरमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारको रूपमा जीत हासिल गरेपछि त्यसको दबाब र प्रभाव केन्द्रीय नेताहरूमा परेको छ ।
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले संघीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । काठमाडौंमा बालेन्द्र शाहले जितेपछिको धन्यवाद र्यालीमासँगै सहभागी भएका सायमीलाई बालेन्द्रका समर्थकले संघीय चुनावमा सहयोग गर्ने आशा उनले राखेका छन् ।
२०७४ सालमा काठमाडौंको मेयरमा उम्मेदवार बनेर पराजित भएकी रञ्जु दर्शनाले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने घोषणा गरेकी छन् ।
यो निर्वाचन क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल विजयी भएका थिए । त्यसअघि २०५६ सालमा निर्वाचन प्रचारकै क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि ईश्वर पोखरेललाई सोही क्षेत्रमा उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि उनले चुनाव जितेका थिए ।
२०६४ र २०७० सालमा भने पोखरेलले चुनाव हारेका थिए । त्यसबेला कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।
२०७४ सालमा कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई एमालेका नेता ईश्वर पोखरेसँग भिडाएको थियो तर डा. महतले करीब १० हजार मतान्तरले चुनाव हारेका थिए ।
अहिले डा. महत काठमाडौंको क्षेत्र छाडेर आफ्नो गृहजिल्ला नुवाकोट फर्किने मनस्थितिमा रहेका चर्चा कांग्रेसभित्र छ ।
नुवाकोटमा उनका दाजु डा. रामशरण महतले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने प्रयासमा उनी रहेका कांग्रेस नेताहरू बताउँछन् ।
कांग्रेस नेता डा. रामशरण महतले भने समानुपातिक उम्मेदवार बन्न चाहेको कांग्रेसभित्र चर्चा छ । डा. महत नुवाकोट फर्किएको अवस्थामा कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा नयाँ उम्मेदवार अघि सार्नुपर्ने हुन्छ ।
त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले पनि काठमाडौंबाटै उम्मेदवार बन्ने गरी तयारी गरेको जसपा नेताहरूले बताएका छन् ।
तर मानुषी काठमाडौं क्षेत्र नम्बर ७ वा क्षेत्र नम्बर ५ कहाँबाट चुनाव लड्ने भन्ने यकिन नभइसकेको बताइएको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ मानुषीको मावली क्षेत्र हो । अहिले उनी काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने टोखामा बस्दै आएकी छन् । उनकी आमा हिसिला यमीले २०६४ सालमा काठमाडौं ७ बाट चुनाव जितेकी थिइन् । सोही आधारमा यमीले निर्वाचनका लागि काठमाडौं ७ नै रोज्न सक्ने सम्भावना रहेको जसपाका नेताहरू बताउँछन् । काठमाडौं ७ मा यसअघि एमालेका रामवीर मानन्धर विजयी भएका थिए ।
मानुषी अहिले जसपाको केन्द्रीय सदस्य र बागमती प्रदेश कमिटी सचिव छिन् । उनले क्याम्पसदेखि नै राजनीति शुरू गरेकी थिइन् । २०६५ सालमा मानुषीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सचिव जितेकी थिइन् ।
पूर्व डीआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रहेका रमेश खरेलले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय सांसदको उम्मेदवार बन्ने तयारी थालेको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बमले स्वतन्त्र रूपमा संघीय चुनाव लड्ने घोषणा गरिसकेका छन् । सामाजिक, राजनीतिक अभियन्ता रहेका बम भूकम्प, कोरोना महामारी, संविधान र अकुपाई बालुवाटार जस्ता अभियानबाट चर्चित बनेका थिए ।
उनले भूकम्पका बेला राहत संकलन र वितरण गरेर चर्चा कमाएका थिए । कोरोना महामारीका बेला खाना खुवाउने, अक्सिजन जुटाउने, बिरामीको उद्धार गर्ने लगायतका कामले उनलाई चर्चित बनाएको थियो । उनले यही सामाजिक पुँजीलाई आधार बनाएर चुनाव लड्ने घोषणा गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव जितेका एकीकृत समाजवादी (एस) पार्टी अध्यक्ष माधव नेपाल भने यसपटकको चुनावमा रौतहट फर्कने सोचमा रहेका उनीनिकट नेताहरू बताउँछन् । २०७० सालसम्म उनी रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका थिए तर संविधान बनेपछि एउटै उम्मेदवार २ निर्वाचन क्षेत्रबाट चुनाव लड्न नपाउने व्यवस्था गरियो ।
त्यसपछि २०७४ सालको चुनावमा नेपाल रौतहट छाडेर काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । त्यसबेला नेकपा एमालेबाट सूर्य चिह्नमा उम्मेदवार बनेका नेपालले अहिले पार्टी विभाजित गरेर एकीकृत समाजवादी बनाएका छन् । स्थानीय तहको चुनावमा नेपालका लागि काठमाडौंभन्दा रौतहट अनुकूल देखिएको छ ।
रौतहटमा माधव नेपालकै निर्वाचन क्षेत्रमा पर्ने २ वटा स्थानीय तहमा एकीकृत समाजवादीले एक्लै जीत निकालेको छ । काठमाडौंमा भने नेपालको निवास रहेको वडा नम्बर ३२ मा एमालेले जितेको छ ।
संघीय सरकारको दोस्रो वरियताका मन्त्री गृहमन्त्री बालकृष्ण खाँणले पनि सुरक्षित निर्वाचन क्षेत्रको खोजी गरिरहेका छन् ।
आफ्नै क्षेत्र रूपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा असुरक्षित महसूस गरेका खाँण २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार थिए ।
अहिले रुपन्देहीको ३ नम्बर क्षेत्रभन्दा १ नम्बर बलियो देखेर गृहमन्त्री खाँण प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन नै लड्ने गरी तयारी गरिरहेका छन् । उनले आफ्नो क्रियाशील सदस्यता नै रुपन्देहीको १ नम्बर क्षेत्रमा सारेका छन् तर पार्टीको क्रियाशील सदस्यता वा मतदाता नामावलीले संघीय संसदको उम्मेदवार बन्नमा कुनै अर्थ र प्रभाव भने राख्दैन । यसले मतदातामा सामान्य मनोवैज्ञानिक असर भने पार्छ ।
गृहमन्त्री खाँणले आँखा लगाइरहेको रूपन्देहीको ३ नम्बर क्षेत्रबाट एमालेका नेता घनश्याम भुसाल सांसद निर्वाचन भएका छन् । २०७४ सालको निर्वाचनमा कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक बोहोरा थिए । बोहोरालाई एमालेका केन्द्रीय सदस्य भुसालले पराजित गरेका थिए ।
उता मोरङको ६ नम्बर निर्वाचन क्षेत्रबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्दै आएका छन् । यसपटक भने कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रहेका रमेशजंग रायमाझीले उक्त क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
शेखर कोइरालालाई मोरङको २ नम्बर क्षेत्रमा डा. मिनेन्द्र रिजालले ठाउँ छाड्नुपर्ने र आफू ६ नम्बर क्षेत्रबाट चुनाव लड्ने दाबी रायमाझीको छ तर डा. कोइराला आफ्नो निर्वाचन क्षेत्र छाडेर अर्कोमा सर्ने सम्भावना नै नरहेको उनीनिकट नेताहरू बताउँछन् ।
कांग्रेसका युवा नेता गुरुराज घिमिरेले मोरङ–४ बाट संघीय संसदको चुनाव लड्ने घोषणा गरेका छन् । यसअघि कांग्रेसका केन्द्रीय सदस्य रहेका उनी १४ औं महाधिवेशनमा १ नम्बर प्रदेशमा कांग्रेस सभापतिका उम्मेदवार बनेका थिए । पार्टीको निर्वाचन हारेका उनले संघीय संसदको चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
कांग्रेसका युवा नेता प्रदीप पौडेलले तनहुँको क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । ‘तनहुँबाट चुनाव लडेर जनप्रतिनिधि बन्न धेरै मेहनत गरेको छु । तनहुँमा नै पार्टीले टिकट दिन्छ भन्ने ठानेको छु तर पार्टीले जहाँ खटाए पनि जानुपर्छ,’ पौडेलले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छिन् । संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पठाइएका विधेयक फिर्ता गर्ने द...
विगत केही वर्षयता हिन्दी सिनेमा जगत् अर्थात् बलिउडलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक सञ्जालमा जोडतोडका साथ उठिरहेको छ । ट्विटरमा ह्याशट्याग बोयकटबलिउड तथा विभिन्न संस्करण प्रायः ट्रेन्डिङमा रहने गरेको छ ।...
राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता व...
आज (१४ अगस्ट) मा स्वतन्त्रता दिवस मनाइरहेको पाकिस्तान भूरणनीतिक अवस्थितिका कारण उच्च महत्त्वको मुलुक हो । भूरणनीतिक अवस्थितिको लाभ पाकिस्तानका अभिजात वर्गले उठाएको भए पनि सर्वसाधारणसम्म त्यसको प्रतिफल पुग्...
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...
अमेरिकाको फौजदारी अनुसन्धान संस्था एफबीआईले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको मार–ए–लागो नामक महलमा छापा मारेर खानतलासी गरेपछि अमेरिकामा गृहयुद्ध शब्द चर्चामा आएको छ । राष्ट्रपति कार्यकालको अन्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...