०४ असार २०८३, बिहीबार

कुकुरको जन्मदिनमा काटियो १०० किलोको केक, ४ हजार जनालाई निम्ता

असार १४, २०७९
कुकुरको जन्मदिनमा काटियो १०० किलोको केक, ४ हजार जनालाई निम्ता

भारतको कर्नाटकमा एक व्यक्तिले आफूले पालेको कुकुरको जन्मदिनमा भव्य पार्टीको आयोजना गरेका छन् । कृष नाम गरेका उक्त कुकुरप्रति मालिकले दर्शाएको प्रेमको तारिफ हुनुका साथै सामाजिक सञ्जालमा यो विषय भाइरल बनेको छ ।  
शिवप्पा येलप्पा मराडीले कर्नाटकको  बेलगावीमा कुकुरको जन्मदिनमा भव्य पार्टीको आयोजना गरेका हुन् । उनी कुकुरको जन्मदिन यति यादगार बनाउन चाहन्थे कि त्यसका लागि १०० किलोको केक नै व्यवस्था गरे । सोही केक काटिएको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । एएनआईका अनुसार यस अवसरमा करीब ४ हजार जनालाई पार्टी दिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्