१२ असार २०८३, शुक्रबार

आइएमई पे एपमा एनएलआसीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

आइएमई पे एपमा एनएलआसीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवर्धित ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरूका निम्ती रोचक अफर ल्याएको छ । 

आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको  छ ।

हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफर मार्फत अझ बढी ग्राहकलाई  डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएको छ । 

केवाईसी रुजु भएको प्रयोगकर्ताहरूले बीमा किस्ताको भुक्तानी मिति (ड्यु डेट) भित्र वा नियत मिति पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्