
ब्रिटिश मोडल कलेजले 'करिकुलम नून' कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरको चाकुपाटस्थित कलेजमा यसैवर्ष भर्ना भएका विद्यार्थीसँग सम्बन्धित अभिभावकहरूको करिकुलम नून कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा कलेजको शिक्षा विभाग प्रमुख अरुण कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावकका प्रतिनिधि सरकारका पूर्वसचिव एवम् अभिभावक प्रतिनिधि शंकर अधिकारीले विद्यालयले गर्नुपर्ने आफ्नो जिम्मेवारीबाट एक कदम अझै अगाडि बढेर सबै विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गरी भविष्य सुनिश्चित गर्न शुभकामना दिए ।
कार्यक्रममा विद्यालयका म्यानेजर राजन कुमार राईले अभिभावकहरूले पालना गर्नुपर्ने न्यूनतम कुराहरू सँगसँगै २ वर्षको समयवधिमा अभिभावकहरूले जान्नै पर्ने कुराहरूबारे जानकारी गराए ।
यस अन्तर्गत विद्यार्थीले पाउने छात्रवृत्ति, विद्यार्थीहरूको मूल्यांकन र उनीहरूलाई कसरी दैनिक सहभागी गराउनेभन्नेबारे जानकारी गराए ।

कलेजले विद्यार्थीहरूका लागि अवार्ड स्किम पनि राखेको उनले जानकारी दिए ।
'जो डिजर्भ गर्छन्, उसले स्कलरसीप पाउँछन् । यो व्यवस्था ब्रिटिश कलेजमा मात्रै छ,' राईले भने ।
उनले अन्य विद्यालयमा स्कलरसीप कोटा प्रणालीमा दिने गरेको समेत बताए ।
कलेजले वर्षमा एक पटक बिएमसी आउटस्ट्याण्डिङ अवार्ड वितरण गर्ने गरेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा ब्रिटिश कलेजका निर्देशक एवम् बीएमसीका संस्थापक प्रिन्सिपल नरेन्द्र कँडेलले शिक्षक शिक्षिका तथा अधिभावकलाई सम्बोधन गर्दै आगामी दिनमा सबै पक्षको सहभागीता तथा अन्तर्क्रियालाई निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रममा शिक्षा विभाग प्रमुख कँडेलले हरेक वर्ष कलेजले प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पुर्याइरहेको जानकारी दिए ।
यस शैक्षिक सत्रमा ४ जनाले नेपाल टप गरेको कँडेलले जानकारी दिए ।
हरेक अभिभावक तथा विद्यार्थीहरुको लक्ष्यलाई चुम्नका लागि कलेज र शिक्षक प्रतिबद्ध रहेको उनले बताए ।
ब्रिटिश मोडल कलेज विगत ९ वर्षदेखि नेपालमा क्याम्ब्रिज विश्वविद्यालयको ए लेभलको शिक्षा प्रवर्द्धन गरिरहेको द ब्रिटिश कलेज अन्तर्गतको कलेज हो ।
