१३ असार २०८३, शनिबार

नास्टले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र खोल्ने

नास्टले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र खोल्ने

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । 

बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को विराटनगर, मधेशको बर्दिवास, बागमतीको चितवन–रामपुर, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

उक्त केन्द्रले प्रदेशस्तरमा विज्ञान तथा प्रविधि क्षेत्रमा विभिन्न खोज एवं अनुसन्धानका कार्य गर्ने छ । त्यस्तै, केन्द्रले विभिन्न अध्ययन, अनुसन्धान कार्यलाई व्यवस्थित बनाउँदै त्यसमा संलग्न जनशक्तिलाई सहयोग उपलब्ध गराउने छ । 

सभाले प्रदेशस्तरीय अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालनका लागि केन्द्रीय समिति र व्यवस्थापन समिति पनि गठन गरेको छ । 

सभाले नेपाल सरकारले नास्टका लागि छुट्याएको बजेट रकम थप गर्न पहल गर्ने निर्णय पनि गरेको छ । बजेटमा नास्टका लागि कम बजेट छुट्याइएको निष्कर्ष निकाल्दै सभाले थप बजेटका लागि पहल गर्ने निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्