×

X
Nic Asia
Marvel
Khukuri

सिर्जनशील उद्यम

द बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन : ७ वर्षमै छलाङ

काठमाडाैं | साउन ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट काठमाडौं उपत्यकामा छ्याप्छ्याप्ती देखिन्छ ।

DHARA
LAxmi BAnk

उपत्यका मात्र नभई उपत्यकाबाहिर समेत फैलिएको रेस्टुरेन्टमा विशेषगरी बर्गर र क्राउन्ची फ्राइड चिकेनका पारखीको बाक्लो जमघट हुने गर्दछ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कतिपय त हुक्काको स्वाद लिन र ससेज, फ्राइ राइस, मःम वा चलनचल्तीकै खानामा रमाउन पनि त्यहाँ पुग्ने गरेका छन् ।

काठमाडौंको शंखमुल, मध्यबानेश्वर, बौद्ध हुँदै ललितपुरको ग्वार्को, झम्सीखेल, इमाडोल लगायतका स्थानमा रहेका आउटलेटमा पछिल्लो समय खचाखच भीड देखिन्छ ।


Advertisment
Bizbazar
Saurya island

विशेषगरी १६–३० वर्ष उमेर समूहका युवायुवतीले खाजा खाने र झुम्ने/रमाउने गरेको यी आउटलेटमा पारिवारिक जमघट पनि बाक्लिँदै जान थालेको छ । 

यी हुन् बर्गर हाउस र क्राउन्ची फ्राइड चिकेनका परिकल्पनाकार

Vianet communication
IME BANK INNEWS

लामो समय स्थानीय खाजा घर तथा रेस्टुरेन्टहरूमा काम गरेका वसन्त लामा यो रेस्टुरेन्टका परिकल्पनाकार हुन् । उनले आफूलाई रेस्टुरेन्ट क्षेत्रमा स्थापित गराउँदै गर्दा देश तथा विदेशका थुप्रै रेस्टुरेन्टमा काम गरेको अनुभव सम्हालिसकेका छन् ।

द बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनबारे विस्तृतमा जान्नका लागि आजभन्दा करीब १५–१६ वर्ष पहिलेको अवस्थाबारे जान्न जरुरी हुन्छ ।

दोलखामा जन्मिएका लामाले एसएलसीसम्म अध्ययन गरिसकेपछि रोजगारीको सिलसिलामा थुप्रै रेस्टुरेन्टमा काम गरे । शुरूमा नै उनले एउटा सामान्य रेस्टुरेन्टको ‘हेल्पर’को रूपमा जागिरे जीवन शुरूआत गरेका थिए । यो करीब १५–१६ वर्षअघिको सन्दर्भ हो ।

त्यहाँ हेल्परको रूपमा काम गर्दैगर्दा उनले किचेनमा पकाउन समेत सिकिसकेका थिए । उनले आफ्नै गाउँदेखि काठमाडौंसम्म आएर पनि विभिन्न रेस्टुरेन्टहरूमा काम गरे । उनको यो सिलसिला करीब ८–१० वर्ष चल्यो ।

त्यसपछि उनले विदेश जाने योजना बनाए । कामकै लागि अफगानिस्तान जाने तरखर गरेका उनी त्यहाँ पुग्न पाएनन् ।

लामा भन्छन्, ‘अफगानिस्तानमा जाने योजना थियो तर त्यहाँ नपुगिकन दुबईमै रोकियो ।’ लामाले दुबईमा पनि करीब १० महिनासम्म रेस्टुरेन्टमा नै काम गरे ।

यतिखेरसम्म रेस्टुरेन्टमा लामो अनुभव लिइसकेका लामालाई दुबई पुगेपछि नेपालको याद आउन थाल्यो । उनले त्यहाँ काम गर्दै जाँदा नेपालमा अब आफैं रेस्टुरेन्ट चलाउने सोच राखे ।

पाटनबाट ‘डेब्यु’, शंखमुलबाट ‘ब्राण्ड’

करीब १० महिनासम्म दुबईमा रहेका लामाले नेपालमा फर्किएर आफैं रेस्टुरेन्ट खोल्ने योजना बनाए । १ वर्षसम्म उनले उपयुक्त ठाउँ खोज्नमै बिताए । 

त्यसपछि उनले ललितपुरको पर्यटकीय क्षेत्र पाटनमा एउटा रेस्टुरेन्ट ‘द बर्गर हाउस एण्ड चाइनिज फूडिस्ट’ सञ्चालनमा ल्याए । रेस्टुरेन्ट क्षेत्रमा काम गरेको लामो अनुभव सँगाले पनि लामा आफैं भने सञ्चालक बनेका थिएनन् ।

अरूको काम गरिरहेका उनलाई आफैं लगानी गर्ने कि नगर्ने भन्ने पनि सोच थियो तर जोखिम नै लिएर भए पनि आफैं लगानी गर्ने निष्कर्षमा पुगेका थिए उनी । 

पाटनबाट उनले रेस्टुरेन्ट सञ्चालकको रूपमा समेत ‘डेब्यु’ गरे अर्थात् यो नै उनको पहिलो आफ्नै रेस्टुरेन्ट थियो । उनले त्यहाँ चलिरहेकै रेस्टुरेन्ट किनेका थिए यो । यसको व्यापार निकै राम्रो रहेको लामा अहिले पनि सम्झन्छन् ।

‘त्यहाँ चलिरहेकै रेस्टुरेन्ट किनेका थियौं तर हामीले आफ्नै स्टाइलमा परिकारहरू सर्भ गर्थ्यौं,’ लामा भन्छन् । त्यहाँ व्यवसाय राम्रो देखेपछि उनले द बर्गर हाउस एण्ड बार्बिक्यु स्टेसन सञ्चालन गरे । यसमा पनि उनले सोचेकोभन्दा राम्रो भयो ।

ललितपुरमै शुरू गरिएको व्यापार क्रमशः फस्टाउँदै जाँदा लामालाई ब्राण्ड नै बनाएर अगाडि बढ्ने हुटहुटी शुरू भयो । बजारले उनलाई साथ दिँदै जाँदा उनले पनि आफूलाई परिपक्व र परिमार्जित गर्दै लगे । उनले बर्गर हाउसलाई ‘ब्राण्ड नेम’ बनाउने योजना बनाए । तर कहाँबाट शुरू गर्ने ? यसका लागि उनले केही महिना ठाउँ खोज्नमै बिताए ।

उनी बौद्ध बस्थे तर काठमाडौंको बानेश्वर, शंखमूलको व्यस्ततालाई उनले नजिकबाट नियाल्ने गरेका थिए ।

त्यतिखेरै शंखमूलमा अर्को रेस्टुरेन्ट चलिरहेको थियो । त्यस रेस्टुरेन्टमा दैनिकजसो भीड लाग्ने गरेको देखेपछि उनले त्यस क्षेत्रलाई ‘शर्ट लिस्ट’मा राखे र अन्ततः शंखमूलमा नै बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनको पहिलो शाखा खोल्ने तरखर गरे ।

नयाँ बानेश्वरबाट शंखमूल जाँदै गर्दा पुगिने ओरालोको दायाँतर्फ लामाले सटर भाडामा लिए । करीब १ महिना लगाएर त्यहाँ आवश्यक पूर्वाधार निर्माण गरे र शुरू भयो ‘बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन’को औपचारिक यात्रा ।

उनले सो शाखा विक्रम संवत् २०७२ चैत ३० गते औपचारिक रूपमा उद्घाटन शुरू गरी व्यापार शुरू गरे । यसमा उनको शुरूवाती लगानी ७७ लाख रुपैयाँ रहेको थियो । 

स्थानीयको अविश्वास र त्यो कठीन परिस्थिति

शंखमूलमा पहिलो शाखा सञ्चालनमा ल्याउँदा धेरैले लामालाई विश्वास गरिरहेका थिएनन् । कतिपयले त विदेशबाट आएको केही समयको चुरीफुरी मात्रै रहेको समेत भन्न थाले ।

लामा भन्छन्, ‘त्यसताका साँच्चै परिस्थिति निकै कठीन बन्दै थियो । स्थानीय वा साथीभाइ कसैले पनि विश्वास गर्ने अवस्था थिएन ।’

कतिपयले त उनलाई ५–६ महिनापछि सबै डुबाएर फर्कने समेत आकलन गरिसकेका थिए । साँच्चै काग कराउनु र बाख्रा हराउनु संयोग भएको भनेजस्तै लामाको त्यो समय र परिस्थिति पनि उस्तै हुन पुग्यो ।

७७ लाख रुपैयाँ लगानीमा शुरू भएको पहिलो रेस्टुरेन्टले करीब ६ महिनासम्म गति लिन सकेन । भाडा तिर्नकै लागि पनि शुरूको ६ महिनामा कठीन भएको लामा सम्झन्छन् ।

ग्राहक नै नआउँदा ६ महिनाजति त होटल खाली जस्तै हुने गरेको लामा बताउँछन् । त्यतिखेर उनलाई सटर  भाडा तिर्न पनि धौंधौं भयो तर ६ महिनापछिको माहोल भने फेरियो ।

बिस्तारै ग्राहकको आवागमन आफ्नो होटलतिर बढ्दै गएपछि लामा केही ढुक्क र खुशी देखिए । होटलमा ग्राहकको भीड बस्दै गयो । 

सोही माहोल छोपेर पहिलो शाखा सञ्चालनमा ल्याएको ८ महिनापछि उनले मध्यबानेश्वरमा दोस्रो शाखा सञ्चालनमा ल्याए । त्यतिखेर काठमाडौंका युवापुस्तालाई बर्गर र क्राउन्ची चिकेनको बानी पर्न थालिसकेको थियो । 

त्यसपछि काठमाडौंको डिल्लीबजार, ठमेल हुँदै विभिन्न ठाउँमा उनले शाखा विस्तार गर्दै गए । उनी भन्छन्, ‘समय राम्रो भइदियो, डेढ वर्षको अवधिमा ७ वटासम्म शाखा खोलिसकेका थियौं ।’

त्यसपछि उनले शाखा विस्तार गर्दै गए । कतिपयमा नयाँ साथीभाइ तथा कतिपयमा नातेदारलाई उनले नयाँ शाखा चलाउन दिन थालेका थिए । २०७२ अन्तिममा शुरू भएको बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनको यात्रा कोरोना महामारी अगाडिसम्ममा ३९ ठाउँमा फैलिसकेको थियो । 

फैलिँदै शाखा, फस्टाउँदै व्यापार

लामाले अहिले बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनको कर्पोरेट कार्यालय बौद्धमा बनाएका छन् । उनीसँग अहिले ५ जनाको टीम छ ।

आजभन्दा करीब ७ वर्षअघि शंखमूलबाट शुरू भएको बर्गर हाउस अहिले १११ शाखामा विस्तारित छ । कोरोनापछि मात्रै कम्पनीले ७२ शाखा विस्तार गरिसकेको छ ।

हालसम्म पश्चिममा धनगढी र महेन्द्रनगर, पूर्वमा बिर्तामोड र दमक, तराईमा जनकपुर, भैरहवा, नेपालगञ्ज, चितवन, सर्लाही र विरगञ्जमा बर्गर हाउस पुगिसकेको छ । यसक्रममा मुख्य–मुख्य शहरमा पुगिसकिएको सञ्चालक लामा बताउँछन् ।

‘चेन बनाउने सोचेको थिइनँ’

शुरूआती चरणमा रेस्टुरेन्ट व्यापार सञ्चालन गरिरहेका लामाले बर्गरको ब्राण्ड र चेन सोचेका थिएनन् । एक ठाउँमा राम्रो भएपछि अर्को ठाउँमा खोलिएको ती रेस्टुरेन्ट करीब ८ वर्षको अवधिमा विकसित चेन रेस्टुरेन्टमा बदलिएका छन् । 

उनी भन्छन्, ‘पाटनमा राम्रो भएको थियो, काठमाडौंमा पनि राम्रो होला भन्ने सोचेर शुरू गरेको, अहिले सम्झिँदा खुशी लाग्छ ।’

काठमाडौं उपत्यकामा मात्रै उनका रेस्टुरेन्ट ७५ देखि ८० वटासम्म छन् । उपत्यकाबाहिर २५–३० वटा रेस्टुरेन्ट सञ्चालनमा रहेका लामा बताउँछन् ।

शुरूमा ५–७ जना कर्मचारी राखेर शुरू गरिएको रेस्टुरेन्टले विस्तारित रूप लिँदै जाँदा रोजगारीमा पनि वृद्धि गरेको छ । अहिले एउटा शाखामा २५–३० जनासम्मले रोजगारी पाइरहेका छन् । सानो शाखामा भने १८–२० जनासम्म कर्मचारी राखिएको उनी बताउँछन् । 

लामाका अनुसार अहिले रेस्टुरेन्टका सबै शाखामा गरी करीब ३०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

अन्तर्राष्ट्रिय विमानस्थलमा शुरू गर्दै नयाँ शाखा 

बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनले विशेष गरी बर्गर, क्राउन्ची चिकेन, मःम, फ्राई राइस, बिर्यानी लगायत परिकार पाइन्छन् । अब भने कम्पनीले खाना समेत मेनुमा थप्दैछ । 

खानाको शुरूआत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको लामा बताउँछन् । अबको १ महिनापछि विमानस्थलको पार्किङमा सुविधासम्पन्न रेस्टुरेन्ट र थकाली खानाको समेत व्यवस्था रहने गरी तयारी भइरहेको उनी बताउँछन् ।

करीब ३ करोड रुपैयाँ लगानीमा २४ सै घण्टा सेवा दिने गरी रेस्टुरेन्ट खुल्दैछ । जसमा सबै सिफ्टमा गरी करीब ५० जना कर्मचारी हुनेछन् ।

काठमाडौंमा पाइने थकाली खानाभन्दा केही फरक र उत्कृष्ट स्वादमा त्यहाँ खाना पाइने लामाको भनाइ छ । उनी भन्छन्, ‘अर्थतन्त्र संकटबाट माथि उठेपछि नयाँ मेनु थप्ने योजना छ ।’

व्यवसायसँगै जनप्रतिनिधि पनि

वसन्त अहिले व्यवसायमा मात्रै सीमित छैनन् । गत स्थानीय निर्वाचनमा उनी दोलखाको मैलुङ–३ को वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

‘व्यवसायसँगै समाजसेवा पनि हामी युवाले नै गर्नुपर्छ भन्ने सोचले जनप्रतिनिधि बन्ने अवसर पाएँ,’ उनी भन्छन् । 

उनले व्यवसायी हुनु र जनप्रतिनिधि हुनुमा फरक रहेको भन्दै आफू अहिले जनताका स–साना गुनासोको सुनुवाइ गर्ने काममा लागेको बताए । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

मकवानपुरकी नानी मैयाँ तामाङले सीतापाइलाको फूटपाथमा मकै पोल्दै बेच्न लागेको उन्नाइस वर्ष भयो । मकै बेचेरै उनले आफ्नो पेट र घर–परिवार पाल्दै आएकी थिइन् । तर, काठमाडौं महानगरपालिकाले फूटपाथबाट हटाएप...

भदौ २५, २०७९

पछिल्लो समय नेपालमा ‘फास्ट फूड’ निकै लोकप्रिय बन्दै गइरहेको छ । अझै गहन रूपमा हेर्ने हो भने विगतका केही वर्षयता फास्ट फूडमा नेपालीको बानी पर्दै गइरहेको छ । फास्टफूड लोकप्रिय मात्रै होइन, एक किस...

भदौ २५, २०७९

मोरङको सुन्दरहरैंचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् ।  यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ ज...

भदौ १८, २०७९

यूके आर्मीमा जागिर खाने लक्ष्य लिएर मोरङको सुनवर्षी नगरपालिका–१ का गणेश राईले बिहान–साँझ नभनी ४ वर्ष मेहनत गरे तर उनको मेहनत खेर गयो ।  आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि ...

भदौ १८, २०७९

नेपाल सरकारको सचिव पदमा पुगेर डा. मानबहादुर बीके १ वर्षअघि सेवानिवृत्त भए । नेपालको इतिहासमा दलित समुदायबाट नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा पुग्ने पहिलो व्यक्ति पनि हुन् डा. बीके । त्यो प...

भदौ २९, २०७९

प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज । उत्तरमा चुरे पहाड, दक्षिणमा तराईको समथर फाँट । निकुञ्जलाई मध्यभागमा पारेर पूर्वमा बबई नदीे अनि पश्चिममा कर्णाली बगेको छ । बीचमा जैविक विविधताले भरिपूर्ण प्...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x