
नुवाकोटको त्रिशूली अस्पतालले ५८औँ वार्षिकोत्सवको अवसरसँगै डायलासिस सेवा सुरु गरेको छ । त्रिशूली अस्पतालमा बुधबार आयोजित कार्यक्रममा स्वास्थ्य सेवालाई नियमित, गुणस्तरीय तथा प्रभावकारी बनाउने क्रममा डायलासिस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइयो । अस्पतालले प्रवाह गर्ने सेवा विस्तारको क्रममा उक्त सेवाको सुरुआत भएको घोषणा गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रमसिंह ठकुरीले अस्पतालले बनाएको छवी कायम राख्दै विस्तारित सेवालाई प्रभावकारी बनाउन सुझाव दिए ।