०९ साउन २०८३, शनिबार

शेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, २ हजार १० विन्दुमा झर्‍यो सूचक

शेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, २ हजार १० विन्दुमा झर्‍यो सूचक

शेयर बजार ओरालो लाग्ने क्रम पुनः बढ्न थालेको छ । पछिल्लो एक सातादेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक आइतवार २०१० विन्दुमा झरेको छ । आइतवार एकैदिन नेप्से २७.९२ अंकले घटेको छ । 

एक साता अगाडि २१२३ विन्दुमा पुगेको नेप्से पछिल्लो समय लगातार घटिरहेको छ । आइतवार शेयर बजारमा जम्मा १ अर्ब ८७ करोड रुपैयाँको मात्रै कारोबार भएको छ । 

आज बजार घटेको दिन कमाउनेमा भने अपर हेवाखोला हाइड्रोपावर कम्पनी रहेको छ । यसको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ । अन्य कमाउने कम्पनीले भने बढीमा २.८८ प्रतिशतसम्म मात्रै कमाएका छन् । 

सबैभन्दा बढी गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीले ७.०९ प्रतिशतले गुमाएको छ । अन्य गुमाउने कम्पनीहरूको  पनि ६.१० प्रतिशतसम्म छ । 

आइतवार नेप्सेमा सूचीकृत कम्पनीमध्ये २२७ वटाको कारोबार भएको छ । यसबाट ४५ लाख ५९ हजार कित्ता शेयरको ३८ हजार पटक कारोबार भएको छ । यसबाट १ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्