०१ असार २०८३, सोमबार

अंकुरी महादेव मन्दिरमा साठी किलोको बसाहा

अंकुरी महादेव मन्दिरमा साठी किलोको बसाहा

श्रद्धाको केन्द्रविन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर परिसरमा बसाहा स्थापना गरिएको छ । मन्दिर परिसरमा शनिवार थप ६० किलोको बसाहा राखिएको हो । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो । 

तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको संकल्प पूरा गर्न बसाहा स्थापना गरेका हुन् । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अंकुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका–२ मा पर्छ । 

अंकुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताए । अंकुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्