२५ असार २०८३, बिहीबार

कृषि उत्पादनको निर्यात बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

कृषि उत्पादनको निर्यात बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन् । नेपाल कुचो संघको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा शनिवार सम्बोधन गर्दै उनले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा संचितिको समस्या समाधान गर्न कृृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्ने बताए । 

‘कृषि उपजहरूको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ । यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्छ,’ उनले भने । उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा आफूले पहल गर्ने बताए । 

‘यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ । तपार्इंहरूले यस क्षेत्रका समस्याहरू लिखितरुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा महासंघको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईहरूका समस्या समाधान गर्न तयार रहनेछु,’ उनले भने । 

उनले नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको बताउनुभयो । ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । 

‘कृषि उपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रबद्र्धन गर्ने र जलविद्युत उत्पादन गरी निर्यात गर्ने जस्ता तीनवटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिट्यान्स क्षेत्रको मात्र भर पर्न नपर्ने हुन्छ,’ ढकालले भने ।

salt training

कमेन्ट गर्नुहोस्