×

NMB BANK
NIC ASIA

... त्यसपछि राजकुमार बगरले पुरुष स्वरका लागि तीज गीत कहिल्यै लेखेनन्

भदौ १३, २०७९

NTC
Premier Steels

महिलाको पर्व मानिने तीजमा पुरुषले गीत गाउने र नाच्ने गर्न थालेको वर्षौं भैसकेको छ । हरेक वर्ष जब तीज नजिकिन्छ, विभिन्न गुनासोहरू सुन्न थालिन्छ । 

Muktinath Bank

तीज गीतलाई लिएर केहीले गुनासो गर्छन्, मौलिकता हरायो, विकृति भित्रियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोही भन्छन्, तीजका नाममा लोकदोहोरी र रत्यौली गीतहरू आए । 


Advertisment
Nabil box
Kumari

कस्तो उट्पट्याङ शब्द, उच्छृङ्खल भिडियो– कोहीको चिन्ता हुन्छ । 

Vianet communication

कोही भन्छन्, तीजका गीतहरू परिवारसँग बसेर हेर्न र सुन्नै सकिँदैन। 

तीजका गीतहरू नियाल्दा गीतकार एवं संगीतकार राजकुमार बगरलाई पनि धेरै नै विकृति भित्रिएकोजस्तो लाग्छ । 

लोकदोहोरी र आधुनिक गीतमा अलग्गै पहिचान बनाएका राजकुमार तीज गीतमा विकृति भित्रिएको धेरै वर्ष भैसकेको बताउँछन् । 

उनले पाँच दर्जनभन्दा बढी तीज गीत लेखेका छन् । जसमध्ये धेरै तीज गीत लोकप्रिय पनि छन् । सिन्धु मल्लको स्वर रहेको ‘चिटिक्कै भा छु रे’ त उनले लेखेकोमध्ये सर्वाधिक चलेको तीज गीत हो । 

तर, पाँच दर्जन बढी तीज गीत लेखेका राजकुमारले पुरुष स्वरका लागि भने जम्मा एउटा मात्रै तीज गीत लेखेका छन् । 

‘२०६२ सालतिर हो कि जस्तो लाग्छ । एउटा एल्बममा एउटा गीत डुएट स्वरका लागि लेखेको थिएँ’ उनले लोकान्तरसँग सुनाए, ‘तर, उक्त गीत लेखेपछि एकदमै ग्लानि भयो । पुरुष सहभागिता तीजको संस्कृतिमा पर्दैन भन्ने लाग्यो । त्यसपछि पुरुष स्वरका लागि कहिल्यै तीज गीत लेखिनँ ।’

राजकुमारका अनुसार उक्त समय पनि उनी पुरुष स्वरका लागि तीज गीत लेख्ने मनस्थितिमा थिएनन् । तर, धेरै आग्रहपछि उनी पुरुष स्वरका लागि तीज गीत लेख्न राजी भएका थिए ।

‘त्यसपछि धेरैबाट अफर आयो, तर डुएट स्वरका लागि आएका तीज गीतको अफरहरू अस्वीकार गरें,’ उनले भने, ‘त्यसयता पुरुषका लागि कहिल्यै तीज गीत लेखिनँ र आउँदा दिनमा पनि लेख्दिनँ ।’

‘अहिले पनि कतिले डुएट तीज गीत गरौं भनेर भन्नुहुन्छ, म गर्दिनँ भन्छु,’ उनले थपे । तीज गीतमा पुरुषको सहभागिता उनलाई मन नै पर्दैन ।

पुरुषले गाएका, अभिनय गरेका तीज गीत हेरेर सुनेर आफू रमाउन पनि नसक्ने उनी बताउँछन् । राजकुमार भन्छन्, ‘तीज हाम्रो मौलिक संस्कृति हो । संस्कार र संस्कृतिलाई जोगाउन नसकेपनि, बनाउन नसकेपनि नबिगारौं भन्ने मेरो धारणा हो ।’

राजकुमारले यसवर्ष पनि महिला स्वरका लागि मात्रै तीनवटा तीज गीत लेखेका छन् । यस वर्षका आफ्ना गीतबारे उनले भने, ‘मेरा गीत सेन्टिमेन्टल छन् । एउटा गीत त ५/६ लाख भ्युज गएको छ । अरूको थोरै–थोरै छ । मौलिकता बोकेका गीतहरूको भ्युज कम जान्छ । अहिले दर्शकहरू नाच्ने गीत बढी हेर्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x