×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

गुल्मीमा दुई दशकदेखिको सौहार्द चुनावी 'ब्याटल'– पाँचौं भेटमा कसले मार्ला बाजी ?

भदौ २२, २०७९

NTC
Premier Steels

शालीन नेताको पहिचान बनाएका गुल्मीका दुई ‘हेभीवेट’ उम्मेदवार प्रदीप ज्ञवाली र चन्द्र भण्डारी फेरि एकपटक चुनावी मैदानमा आमनेसामने हुने भएका छन् ।

Muktinath Bank

२०५६ यता लगातार एकअर्काको प्रतिस्पर्धी रहँदै आएका एमाले उपमहासचिव ज्ञवाली र नेपाली कांग्रेसको उपसभापतिमा प्रतिस्पर्धा गरेका प्रभावशाली नेता भण्डारी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बा चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञवाली र भण्डारी आमनेसामने हुन लागेको यो पाँचौंपटक हो । दुवैको नाम पार्टी क्षेत्रीय कमिटीहरूले उम्मेदवारको रूपमा सिफारिश गरेका छन् ।


Advertisment
Nabil box
Kumari

दुवै नेता अहिलेसम्म आफ्नो क्षेत्रभन्दा बाहिर गएर चुनाव लडेका छैनन् । गुल्मीको विकासका लागि दुवैले जित्नुपर्ने जिल्लावासीको चाहना अहिलेसम्म पूरा हुन पाएको छैन ।

Vianet communication

हालसम्मका ४ प्रतिस्पर्धामध्ये ३ पटक ज्ञवाली र एकपटक भण्डारीले बाजी मारेका छन् । २०५६ मा ज्ञवाली र भण्डारीबीच पहिलो प्रतिस्पर्धा हुँदा ज्ञवालीले जीत निकाले । 

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि दुवैबीच प्रतिष्पर्धा हुँदा पुनः ज्ञवालीले जिते । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा भने भण्डारीले बाजी मारे ।

निर्वाचन क्षेत्र पुनःसंरचना भएर ३ बाट २ मा झरेपछि २०७४ को निर्वाचनमा गुल्मी– १ बाट ज्ञवाली र भण्डारीबीच नै प्रतिस्पर्धा भयो, जसमा ज्ञवालीले आफ्नो पुरानो विरासत फर्काए । मंसिर ४ गते हुने प्रतिनिधि/प्रदेशसभा निर्वाचनमा गुल्मी– १ मा कसले बाजी मार्ला भन्ने चर्चा परिचर्चा शुरू भइसकेको छ ।

एमालेले ज्ञवालीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश गरेर पठाए पनि कांग्रेसमा भण्डारी आफ्नो क्षेत्रबाट सर्वसम्मत हुन सकेनन् । यद्यपि, अन्तिममा भण्डारीलाई नै कांग्रेसले उम्मेदवार बनाउने सम्भावना प्रबल छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र ज्ञवाली पार्टी र सरकारमा जाँदा आफ्नो जिम्मेवारी पूरा गर्दै कार्यकर्तामाझ लोकप्रिय नेता पनि हुन् ।

भण्डारी कतिपय अवस्थामा पार्टीको अनुशासनभन्दा बाहिर गएर पनि बोल्न सक्ने हिम्मत राख्छन् । भण्डारी पार्टी सभापति शेरबहादुर देउवाका कटुआलोचक हुन् । 

एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा गुल्मीका पुराना नेता कमलराज श्रेष्ठ दुवै नेताबीच निकै सौहार्दपूर्ण प्रतिस्पर्धा हुँदै आएको बताउँछन् ।

‘बाटोमा भेट हुँदा दुवैले एक अर्कालाई अंगालो हाल्छन् । फोटो खिचाउँछन् । सभ्य भाषा प्रयोग गरेर चुनावी प्रचार गर्छन् । एकअर्कालाई गालीगलौज गर्दैनन्,’ प्रदेश सभा सांसद समेत रहेका नेता श्रेष्ठले भने ।

श्रेष्ठले थपे, ‘प्रदीप ज्ञवालीले तीन चोटी जिते, एकचोटी हारे । अब के हुन्छ हेरौं । हाम्रोमा ज्ञवाली र भण्डारीको ‘ब्याटल’ २३ वर्षदेखि जारी छ ।’ 

कांग्रेस उपसभापतिका प्रत्यासी समेत रहेका भण्डारीले पार्टीभित्र आफ्नो कुरा सशक्त ढंगले राख्दै आएका छन् ।

पदाधिकारीमा हारेका अन्य अधिकांश नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरे पनि भण्डारीलाई मनोनित गरिएको छैन ।

संस्थापनइतर खेमामा रहेकाले केन्द्रीय सदस्यमा मनोनित नभए पनि गुल्मीमा भने भण्डारीको आफ्नै प्रभाव छ ।

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भण्डारी र ज्ञवालीको प्रतिस्पर्धा निकै रोमाञ्चकारी हुने गरेको बताए ।

‘दुवै विद्वान नेताको पहिचान बनाउँदै ‘हेभीवेट’ भएका छन्,’ पन्थीले भने, ‘दुवै तार्किक छन् । विकासवादी पनि छन् । एउटै क्षेत्रबाट लडे पनि स्वच्छ प्रतिस्पर्धा हुँदै आएको छ ।’

योपटक गठबन्धन सहयात्री दलहरूको साथ रहेकाले भण्डारीलाई चुनाव जित्न सहज रहेको दाबी पन्थीले गरे ।

२०७० मा ज्ञवालीले हार स्वीकार गर्दै भण्डारीलाई बधाई दिएका थिए । २०७४ मा भण्डारीले पनि हारलाई सहजरूपमा लिँदै ज्ञवालीलाई अवीर लगाएर बधाई दिएका थिए ।

साहित्यकार डीबी गुरुङ दुवै नेता लोकप्रिय रहेकाले उनीहरूको चुनावी महासंग्राम ‘पपुलारिटी’को हिसाबले निकै रोचक हुने बताउँछन् ।

दुवैको चुनावी मुद्दा पनि समान खालका हुने गर्छ । समृद्ध, सम्पन्न र नमूना गुल्मी बनाउने योजना दुवैले अगाडि सार्दै आएका छन् ।

संविधान निर्माण हुँदै देश संघीयतामा गएपछि अबको यात्रा आर्थिक समृद्धि रहेको दुवैको भनाइ रहने गरेको छ । कालीगण्डकी कोरिडोर, रेसुंगा विमानस्थल, रिडी–तम्घास सडकलगायत पूर्वाधार विकास पनि दुवैको प्राथमिकतामा छ ।

तम्घास–बुटवल सडकको सिद्धबाबा खण्डमा निरन्तर भूक्षयका कारण उत्पन्न जटिलता व्यवस्थापनका लागि वैकल्पिक मार्ग तम्घास–सालझण्डी सडक पनि चुनावी मुद्दा बन्ने गरेको छ ।

संविधान निर्माणका क्रममा तत्कालीन लुम्बिनी अञ्चलको भूगोल टुक्रिनेगरी प्रदेश सीमांकनको तयारी भएपछि बुटवल र भैरहवासहित प्रदेशका सबै जिल्लामा आन्दोलन चर्किँदा ज्ञवाली र भण्डारी एकै ठाउँमा उभिएका थिए ।

त्यसको अगुवाइ एमाले उपाध्यक्ष विष्णु पौडेलले गरेका थिए । पौडेलका दुई सारथि थिए, ज्ञवाली र भण्डारी ।

गुल्मीमा कम्युनिस्टहरू बलियो रहेको आकलन गर्ने गरिन्छ । २०४८ सालपछिका निर्वाचनहरू हेर्दा नतिजाले पनि त्यस्तै देखाउँदै आएको छ । अहिले कम्युनिस्टहरू छिन्नभिन्न भएका बेला भण्डारीलाई केही सहज हुने आकलन छ ।

२०४८ को निर्वाचनमा गुल्मी– १ मा कांग्रेसका झगबहादुर पुन र एमालेका कमलराज श्रेष्ठबीच प्रतिष्पर्धा हुँदा पुनले जित निकाले । गुल्मी– २ बाट कांग्रेसका भागवत ज्ञवाली र एमालेका जीवराज आश्रितबीच प्रतिष्पर्धा हुँदा ज्ञवाली विजयी भए । गुल्मी– ३ बाट कांग्रेसका रूद्रमणि शर्मा र एमालेका टंक पोखरेलबीच प्रतिष्पर्धा हुँदा शर्माले जित निकाली तीनवटै क्षेत्रमा कांग्रेस विजयी भयो । 

२०५१ को मध्यावधि निर्वाचनमा गुल्मी– १ बाट कांग्रेसका झगबहादुर पुन र एमालेका रामनाथ ढकालबीच प्रतिष्पर्धा हुँदा ढकाल विजयी भए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट एमालेका कमलराज श्रेष्ठ र कांग्रेसका भागवत ज्ञवालीबीच प्रतिस्पर्धा हुँदा श्रेष्ठ विजयी भए ।

गुल्मी– ३ बाट कांग्रेसका रुद्रमणि शर्मा र एमालेका टंक पोखरेलबीच प्रतिष्पर्धा हुँदा पोखरेल विजयी भएर ३ वटै क्षेत्रमा एमाले विजयी भयो । 

त्यस्तैगरी २०५६ को निर्वाचनमा गुल्मी– १ बाट कांग्रेसका उनै पुन र एमालेका फटिक थापाबीच प्रतिस्पर्धा हुँदा एमालेका थापा विजयी भए ।

क्षेत्र नम्बर २ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदा ज्ञवालीले जीत निकाले । क्षेत्र नम्बर ३ मा कांग्रेसका त्रैलोक्य प्रताप सेन र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदा विष्ट विजयी भए । 

२०६४ मा क्षेत्र नम्बर १ बाट माओवादीका सुदर्शन बराल एमालेकी मैना भण्डारीलाई पराजित गर्दै विजयी भए । क्षेत्र नम्बर २ मा प्रदीप ज्ञवाली विजयी भए भने भण्डारी पराजित बने । क्षेत्र नम्बर ३ मा माओवादीका चन्द्रबहादुर केसीले एमालेका गोकर्ण विष्टलाई पराजित गरे ।

२०७० मा क्षेत्र नम्बर १ मा कांग्रेसका कृष्ण छन्तेलले एमालेकी भण्डारीलाई पराजित गरे । क्षेत्र नम्बर २ मा ज्ञवाली र भण्डारीबीच प्रतिस्पर्धा हुँदा भण्डारीले जीत निकाले भने क्षेत्र नम्बर ३ मा एमालेका गोकर्ण विष्टले माओवादीका वामदेव क्षेत्रीलाई पराजित गरे । गुल्मी लुम्बिनी प्रदेशको पहाडी जिल्ला हो । 

निर्वाचन क्षेत्र पुनः संरचना भएर २ वटामा समेटिएपछि ज्ञवाली र भण्डारीले प्रतिस्पर्धा गर्दै आएको भूगोल क्षेत्र नम्बर १ मा पर्‍यो । २०७४ मा क्षेत्र नम्बर १ बाट ज्ञवाली र भण्डारी आमनेसामने भए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x