२४ असार २०८३, बुधबार

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । 

अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । 

बिहान ९ः३० बजेदेखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । 

अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ । 

अस्पतालले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । 

त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्