
मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ आशिर्वाद बचत खाता ‘गोल्ड क्याटागोरी’मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोने हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटागोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।
थप जानकारीको लागि बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाईल नं. ९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मशिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।