१० साउन २०८३, आइतबार

कपिलको शोमा फर्किने भए सुनील ! जन्मदिन मनाइरहँदा यस्तो भने

कात्तिक २०, २०७४
कपिलको शोमा फर्किने भए सुनील ! जन्मदिन मनाइरहँदा यस्तो भने

नयाँदिल्ली, १९ साउन–  भारतका चर्चित कमेडियन सुनील ग्रोबर अर्का कमेडियन कपिल शर्मासँग भएको विवादपछि कुनै पनि छोटो पर्दामा फर्किन सकिरहेका छैनन् । आज (३ अगस्ट) उनको जन्मदिन मनाइन गइरहेका सुनिलले भनेका छन् उनी आफ्ना फ्यानलाई धेरै सम्झिरहेका छन् ।

जन्मदिनको अघिल्लो दिन (बुधबार) केही सञ्चारकर्मीसँग कुरा गर्दै सुनीलले भनेका छन् कि उनी अझै पनि कमेडि क्षेत्रमा रहन चाहेको र दर्शकलाई मनोरञ्जन प्रदान गर्न चाहन्छन् । सुनीलले यो पनि भनेका छन् कि कपिल शर्मासँग पाएको प्लेटफर्मको उनी सधैं सम्मान गर्छन् ।

उनले कपिल र आफूबीचको विवादबारे बजारमा चलेका हल्लामा सत्यता नभएको पनि बताएका छन् । भारतीय सञ्चारमाध्यमले सुनील र कपीलको सम्बन्ध समधुर बन्दै गइरहेको बताएका छन् ।
साथै कपिलको विग्रँदो स्वास्थ्य अवस्थाप्रति सुनील चिन्तित रहेको पनि जनाइएको छ । आज सुनील आफ्नो जन्मदिनमा कपिल शर्मालाई विशेष रुमा निमन्त्रणा गर्ने योजनामा रहेको भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्