मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ आज (शुक्रवार)देखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र नेपाल, भारतसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको हो ।
छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ शीर्ष भूमिकामा छन् । प्रदीप, नेपाली चलचित्रको सर्वाधिक चर्चितमध्येका अभिनेता हुन् भने क्रिष्टिनाको ‘प्रेम गीत ३’ डेब्यू चलचित्र हो । प्रदीपबारे धेरैलाई जानकारी भए पनि क्रिष्टिनाबारे भने त्यति धेरैलाई जानकारी नहुनसक्छ ।
उनी कसरी ‘प्रेम गीत ३’ मा जोडिएन् ? त्यो जान्नका लागि आजभन्दा झण्डै साढे ३ वर्षअघि फर्किनुपर्छ । काठमाडौंमा जन्मिएकी, हुर्किएकी क्रिष्टिना पाँच वर्षयता अमेरिकामा बसेर अध्ययन गर्दै आएकी थिइन् ।
संयोग कस्तो भने, उनी एक महिना बिदामा काठमाडौं आएको बखत ‘प्रेम गीत ३’मा अभिनेत्रीको अडिसनका लागि आवेदन खुलेको थियो ।
क्रिष्टिनामा हिरोइन बन्ने रुचि बाल्यकालीन थियो । सानैदेखि उनी नृत्यप्रति रुचि राख्थिन् । नेपाली चलचित्रहरू पनि हेर्ने गर्थिन् । केही म्युजिक भिडियोमा काम पनि गरेकी थिइन् । ‘राम्रो ब्यानरबाट डेब्यू गर्ने अवसरको खोजिमा थिएँ’, क्रिष्टिनाले भनेकी छन्, ‘फेसबुकमा ‘प्रेम गीत ३’मा हिरोइन बन्ने अवसर शीर्षकको समाचार देखेपछि ध्यान तानियो ।’
दर्शकले निकै रुचाएका ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ क्रिष्टिनालाई पनि निकै मन परेका चलचित्र थिए । अडिसनका लागि आवेदन खुलेको जानकारी पाएपछि सोँचिन् ‘म पनि ‘ट्राई’ गर्छु ।’ क्रिष्टिनाले अडिसनका लागि आवेदन दिइन् ।
गीत पात्रका लागि अन्य २ हजार ७१३ जनाको आवेदन परेको थियो । तिमध्ये उत्कृष्ट २५ छनोट गरियो । त्यसभित्र परिन् क्रिष्टिना । २५ जनाको भने अडिसन भयो । अडिसनबाट छनोट भइन् क्रिष्टिना । जुन उनी आफैँलाई कल्पना थिएन ।
उनले त्यसबेलाको अनुभव शेयर गरेकी छन्, ‘चलचित्र खेल्ने, हिरोइन बन्ने सानैदेखिको रहर थियो । तर, प्रेम गीत ३ मा छनोट हुन्छु भन्ने कल्पना गरेकी थिएनँ । ट्राई गरुँ न त भनेर मात्र आवेदन दिएकी थिए ।’
चलचित्रका छानिएपछि उनले घोडचढी (हर्ष राइडिङ)को प्रशिक्षणसमेत लिइन् । लामो समय ‘वर्कशप’मा बिताइन् । मनाङमा निकै दुख, कष्टका साथ चलचित्रको छायाँकन गरिन् । चलचित्रमा चर्चित प्रदीप खड्कासँग स्क्रिन शेयर गरेकी छन् ।
चलचित्र निर्माण सकिएर प्रदर्शनका लागि तयार भयो । २०७६ सालको चैतका लागि प्रदर्शन मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण उक्त समय चलचित्र प्रदर्शनमा आउन सकेन । पर्दामा आफूलाई हेर्न क्रिष्टिनाले निकै प्रतिक्षामा थिइन् । केही साताअघि ‘प्रेम गीत ३’का निर्माता एवं निर्देशक सन्तोष सेनले लोकान्तरसँग भनेका थिए, ‘क्रिष्टिनालाई चलचित्रहरूबाट अफर आइरहेका छन् । तर, पहिले प्रेम गीत ३ को रेस्पोन्स हेर्न भनेर अन्य चलचित्र साइन गरेकी छैनन् ।’
आज नेपालमा मात्र होइन्, क्रिष्टिनालाई विश्वले हेर्दैैछ । प्रतिक्षाको फल मिठो हुन्छ भनेझै यतिबेला मुम्बईमा रहेकी क्रिष्टिनाले त्यस्तै मिठो अनुभूति गरिरहेकी छन् ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...