२५ असार २०८३, बिहीबार

कुमारी र एनसीसी बैंक मर्जरमा जाने सम्झौता, अब वाणिज्य बैंकको संख्या २१ वटामा झर्ने

कुमारी र एनसीसी बैंक मर्जरमा जाने सम्झौता, अब वाणिज्य बैंकको संख्या २१ वटामा झर्ने

कुमारी र एनसीसी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीच सोमवार दिउँसो काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै बैकबीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ । 

समझदारीपत्रअनुसार शेयर आदान–प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ । यी दुई बैंकलाई मर्जरमा जान नियामक नेपाल राष्ट्र बैंकले दबाब दिँदै आएको थियो । मर्जर तथा एक्विजिशनमार्फत् बैंकको संख्या घटाउन केन्द्रीय बैंकले यी दुई बैंकलाई मर्जरमा जान दबाब नै दिएको थियो । मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । यी दुई बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । 

यी दुई बैैंक मर्जरपछि वाणिज्य बैंकको संख्या २१ वटामा झर्ने छ । हाल वाणिज्य बैकको सख्या २६ वटा रहेको छ । 

यसअघि हिमालय र सिभिल, सेन्चुरी र प्रभु, नेपाल इन्भेष्टमेन्ट र मेगा, ग्लोबल आइएमई र बैंक अफ काठमाडुबीच मर्जर सम्झौता भइसकेको छ ।

नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भने मर्जरपछिको एकीकृत कारोबार नै भइसकेको छ । मर्जरअघि वाणिज्य बैंकहरूको संख्या ३२ वटासम्म पुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्