×

NMB BANK
NIC ASIA

कुमारी र एनसीसी बैंक मर्जरमा जाने सम्झौता, अब वाणिज्य बैंकको संख्या २१ वटामा झर्ने

असोज १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कुमारी र एनसीसी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीच सोमवार दिउँसो काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै बैकबीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ । 

Muktinath Bank

समझदारीपत्रअनुसार शेयर आदान–प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ । यी दुई बैंकलाई मर्जरमा जान नियामक नेपाल राष्ट्र बैंकले दबाब दिँदै आएको थियो । मर्जर तथा एक्विजिशनमार्फत् बैंकको संख्या घटाउन केन्द्रीय बैंकले यी दुई बैंकलाई मर्जरमा जान दबाब नै दिएको थियो । मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । यी दुई बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।


Advertisment
Nabil box
Kumari

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । 

Vianet communication
Laxmi Bank

यी दुई बैैंक मर्जरपछि वाणिज्य बैंकको संख्या २१ वटामा झर्ने छ । हाल वाणिज्य बैकको सख्या २६ वटा रहेको छ । 

यसअघि हिमालय र सिभिल, सेन्चुरी र प्रभु, नेपाल इन्भेष्टमेन्ट र मेगा, ग्लोबल आइएमई र बैंक अफ काठमाडुबीच मर्जर सम्झौता भइसकेको छ ।

नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भने मर्जरपछिको एकीकृत कारोबार नै भइसकेको छ । मर्जरअघि वाणिज्य बैंकहरूको संख्या ३२ वटासम्म पुगेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x